नामी-०६ को तीन भेरियन्ट नेपालमा, दुई ब्याट्री अप्सन पाइने (मूल्यसहित)

काठमाडौं । एमएडब्लू वृद्धि मोटर्सले डोङफेङ नामी-भिगो नामबाट नयाँ एसयूभी नेपाल ल्याएको छ । कम्पनीले ल्याएको भिगो मोडल चीनमा नामी-०६ नामबाट बिक्री हुँदै आएको मोडल हो ।

कम्पनीले नामी भिगो मोडललाई तीन भेरियन्टमा नेपाल ल्याएको छ । आगामी नाडा अटो शो २०२५ मा प्रदर्शनी हुने नामी भिगो दुई ब्याट्री अप्सनमा आएको हो ।

नामी भिगो ई-१, ई-२ र ई-२ प्लसगरी तीन भेरियन्टमा यसलाई बिक्री गर्ने एमएडब्लू वृद्धि मोटर्सले ई-१ को मूल्य ५७ लाख ९९ हजार, ई-२ को मूल्य ६० लाख ९९ हजार र ई-२ प्लसको मूल्य ६२ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

कम्पनीले ई-१ र ई-२ मा ४४.९४ किलोवाट आवर र ई-२ प्लसमा ५१.८७ किलोवाट आवरको ब्याट्री दिएको छ । मोटर भने सबै भेरियन्टमा समान ९९ किलोवाट आवरका छन् ।


Back_to_top