मूलपानीमा पुलबाट खस्यो चिनियाँ दूतावासको कार

काठमाडौं । काठमाडौंको मूलपानीमा चिनियाँ दूतावासको गाडी पुलबाट खोल्सामा खसेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका-६ मूलपानीस्थित क्रिकेट ग्राउण्ड नजिकै रोयल प्यालेस किनारामा चिनियाँ दूतावासको ११ सीडी ६१९ नम्बरको गाडी पुलबाट खोल्सामा खसेको हो।

उक्त घटना आइतबार बिहान करिब १० बजेतिर भएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीका अनुसार उक्त दुर्घटनामा दुई जना सामान्य घाइते भएका छन् । उनीहरू स्थानीय अस्पतालमा उपचारपछि फर्किसकेकाे उनले बताए ।

गाडी आफैं अनियन्त्रित भएर सडकबाट खोल्सामा खसेको थियो। खोल्सामा खसेको कारलाई निकालिएपछि सम्बन्धित चालककै जिम्मा लगाइएको उनले बताए ।


Back_to_top