काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्ष २०७६ लाई लक्षित गर्दै आकर्षक ग्राहक योजना ल्याएको छ । ‘ह्याप्पी न्यू यामाहा’ नाम रहेको उक्त योजना अनुरुप यमाहाले आफ्ना भाग्यशाली सात सय जना ग्राहकलाई सुनको सिक्का प्रदान गर्नेछ ।
साथै, हरेक खरिदमा ग्राहकले एउटा स्क्र्याच कार्डमार्फत एक लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्नेछन् । नयाँ वर्ष योजना अवधिभर यामाहाका हरेक डिलरमा साप्ताहिक लकी ड्र गरिनेछ । लक्की ड्रका विजेताले यामाहाको तर्फबाट सुनको सिक्का जित्नेछन् ।
कम्पनीले ‘नयाँ वर्ष योजना’ले नयाँ वर्षको उल्लासलाई झन् बढाउने आशा गरेको छ । यो योजनामा ग्राहकले नगद छुट र सुनको सिक्का जित्ने मौका पाउनेछन् । यमाहाले स्कुटर तथा मोटरसाइकल खरिद गर्ने ग्राहकलाई लक्की ड्र मार्फत सुनको सिक्का प्रदान गर्ने जानकारी दिएको हो ।

