जापानी अटो उत्पादक कम्पनी टोयोटा र सुजुकीले अटो उत्पादनलाई बिस्तार गर्ने योजनासहित भारतीय र अफ्रिकी बजारमा सहकार्यको घोषणा गरेका थिए । हाल यी दुई कम्पनीको सहकार्यमा मारुती सुजुकी सियाज, बलेनो र टोयोटा कोरोला एक आपसमा आदान प्रदान गरेर उत्पादन गरिरहेका छन् ।
मारुती सुजुकीको चर्चित कम्प्याक सेडान सियाजलाई टोयोटाले नयाँ फम्र्याटमा निर्माण गर्ने भएको छ । सियाजलाई नयाँ स्टाइल इलिमेन्ट र न्यु ब्याजले थप आकर्षक बनाउने दुबै कम्पनीले विश्वास लिएका छन् ।
हाल, टोयोटाको किलोसकर मोटर्सको प्लान्टमा टोयोटा अवधारणाको मारुती सुजुकी भिटार ब्रेजा र बलेनोको समेत निर्माण भइरहेको जनाइएको छ । दुई कम्पनीको सहकार्यमा निर्माण भई सार्बजनिक हुने पहिलो मोडल भने बलेनो हुनेछ ।
दुबै कम्पनीले सहकार्य अनुसार सी सेग्मन्टका टोयोटा एमपीभी मोडलको उत्पादन मारुती सुजुकले गर्ने छ । सुजुकीले टोयोटाका यी मोडलमा साना इन्जिनको प्रयोग गर्ने छ भने, टोयोटाको हाइब्रिड टेक्नोलोजिको प्रयोगपनि मारुती सुजुकीले गर्नेछ । मारुती सुजुकीको व्याचमा पहिलो टोयोटाको चर्चित कार कोरोला आउने छ ।


