काठमाडौं । भीजी सुजुकीको नयाँ शोरुम ललितपुरको ग्वार्को चोक नजिक (गुणा सिनेमा हलको अगाडि) संचालनमा आएको छ ।
नेपालका लागि सुजुकीको दुईपाँग्रे सवारी साधनको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्स प्रालिले सोमबार एक कार्यक्रमका बीच नयाँ शोरुम उद्घाटन गरेको हो ।
उक्त शोरुमको उद्घाटन भीजी अटोमोबाइल्स प्रालिका महाप्रबन्धक पारस जैनले गरेका थिए ।
ग्राहकले नयाँ शोरुमा भ्रमण गरी सुजुकी मोटरसाइकल र स्कुटरहरू अवलोकन तथा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीले नयाँ शोरुम संचालनको अवसरमा ५० हजार रुपैयाँ बराबरको थप एक्सचेन्ज मूल्यांकन दिने भएको छ । यो अफर छानिएका मोडलहरूमा मात्र लागू हुने कम्पनीले जनाएको छ ।


