भदौ १८ देखि टीभीएसको ग्रेट ग्राण्ड एक्सचेन्ज मेला, १ लाखसम्म छुट पाउने

काठमाडौं । टीभीएसले ‘भदौ १८ गतेदेखि ‘टीभीएस ग्रेट ग्राण्ड एक्सचेन्ज’ मेला सुरु गर्ने भएको छ ।

नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आकर्षक सुधिासहित काठमाडौंको भृकुटीमण्डपमा ग्राण्ड एक्सचेन्ज मेला आयोजना गर्ने भएको हो ।

उक्त मेला भदौ २३ गतेसम्म संचालन हुनेछ । कम्पनीका अनुसार मेलामा मोटरसाइकल खरिद गर्न चाहने ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट पाउने छन् ।

साथै, जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल तथा स्कुटरसँग टीभीएसको नयाँ मोडल एक्सचेन्जमा मिनिमम भ्यालुयसन ३० हजार रुपैयाँ र १० हजार रुपैयाँ थप बोनस पाउने छन् ।

त्यस्तै, फ्री एसेशोरिजमा हेल्मेट, ब्याग, बाइक कभर र रेनकोट पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ । ग्राहकले मेलामा स्टन शो हेर्न पाउने, टेस्ट ड्राइभ गर्न र गेमहरु खेलेर मनोरन्जन लिन सक्ने छन् ।

इच्छुक ग्राहकले आजैबाट टीभीएसको मोटरसाइकल वा स्कुटर बुकिङ गरेमा बुकिङ अफरको रुपमा बोल्टको एउटा स्मार्ट वाच र एयरबड्स् समेत पाउने कम्पनीले बताएको छ ।

कम्पनीले टीभीएसका नयाँ मोटरसाइकल खरिदका लागि सहज फाइनान्स सुविधा उपलब्ध गराउने छन् । ग्राहकले नागरिकता र लाइसेन्स राखेर मोटरसाइक्ल तथा स्कुटर घर लैजान सक्नेछन् ।

यसका अलावा कम्पनीले मोटरसाइकल तथा स्कुटरमा फेस्टीभ स्कीम पनि चलाइरहेको छ ।


Back_to_top