सुजुकीले इन्डोनेशियामा एर्टिगा स्पोर्टको दोस्रो संस्करण सार्बजनिक गरेको छ । कस्टेमिक परिवर्तनसहित सार्बजनिक भएको इर्टिगा स्पोर्ट इन्डोनेसिया इन्टरनेशनल अटो शोमा प्रदर्शन गरिएको हो ।
इर्टिगा स्पोर्टको फ्रन्ट फेसिकालाई निक्कै आकर्षक बनाइएको छ । यसमा आकर्षक बडी कलर दिइएको छ, भने स्पोइलर, सिल्भर, क्रोम एसेन्ट, आकर्षक ग्रिल, फग ल्याम्प जस्ता फिचर दिइएको छ ।
स्पोर्टी बडी किट सिल्भर गार्निस, क्रोम बुट, एलइडी डे टाइम रनिंग लाइट, नयाँ स्टेयरिङ्ग ह्वील, होरिजोन्टली पोजिशन एसी भेन्ट, आर्कषक गियर लिभरलगायतका विशेषताले यो एमपीभीलाई निकै लोभलाग्दो बनाएको छ ।
यसमा १.५ लिटर के१५बी, फोर सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । एचएसभीएस टेक्नोलोजीमा आधारित उक्त इन्जिनले १०४.७ पीएस पावरका साथै १३८ एनएम टर्क उत्पादन गर्छ ।
पाँच स्पीड म्यानुअल ट्रान्समिसन र फोर स्पीड टर्ककन्भर्टर अटोमेटिक ट्रान्समिसन दिइएको छ । यसको मूल्य जाकर्ता २४१ मिलियन इन्डोनेसियन रुपए तोकिएको छ ।


