इलेक्ट्रीक स्कुटर दर्ता गर्न मान्दैनन् व्यापारी, उत्पादन नै खराव कि ? राजश्व छलि

काठमाडौं । करिब एक दर्जन ब्रान्डका इलेक्ट्रीक स्कुटर नेपाली बजारमा बिक्री वितरण भइरहेपनि केही ब्रान्ड छाडेर अन्य कम्पनीले आफ्नो स्कुटरको दर्ता गर्ने प्रकृयासमेत सुरु गरेका छैनन् । यसरी विना दर्ता स्कुटर बिक्री गर्दा सडकमा ट्राफिक प्रहरीलाई समेत निकै समस्या सृजना भएको छ भने दर्ता प्रकृयामा लाग्ने राजश्वसमेत हराई रहेको छ । 

नेपाली बजारमा विद्युतीय सवारी प्रयोगकर्ता पछिल्लो समय बढ्दै गइरहेका छन् । सरकारले पनि वातावरणमैत्री विद्युतीय सवारीको प्रवद्र्धन गर्ने नीति लिएको छ । फोसिल फ्युलबाट चल्ने सवारीको विकल्पको रुपमा विद्युतीय सवारीलाई लिइएको छ ।

नेपालमा करिब १ दर्जन भन्दा धेरै विद्युतीय स्कुटर तथा मोटरसाइकलका ब्रान्ड उपलब्ध रहेका छन् । बिना दर्ता संचालित सवारीसाधन दुर्घटनामा परेको अवस्थामा के गर्ने भन्ने चिन्ता विभाग र ट्राफिक प्रहरी महाशाखालाई परेको छ ।

दुईपांग्रे, तीनपांग्रे तथा चारपांग्रे विद्युतीय सवारी बजारमा उपलब्ध छन् । चारपांग्रे र तीनपांग्रे सवारी दर्ता भएर संचालन भइरहेको भएपनि दुईपांग्रे सवारी भने विना दर्ता संचालन भइरहेका छन् । सरकारले विद्युतीय संचालन सम्बन्धी मापदण्ड बनाउन नसक्दा यस्तो समस्या आएको हो ।

विशेषत नेपालमा संचालित विद्युतीय मोटरसाइकल तथा स्कुटर बिना दर्ता संचालन भइरहेका छन् । यस्ता सवारी दर्ता, लाइसेन्स, नम्बरप्लेट बेगर नै संचालन भइरहेका छन् । पेट्रोलबाट चल्ने मोरसाइकल तथा स्कुटर सरह नै विद्यूतीय मोटरसाइकल तथा स्कुटर कुद्न सक्छन् । तर, तिनिहरुको नियमनमा अझै समस्या रहेको छ ।

विद्यूतीय सवारी संचालन सम्बन्धी मापदण्ड नहुँदा ट्राफिक व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको ट्राफिक प्रहरीको भनाइ छ । ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटाले बिना दर्ता संचालित विद्युतीय सवारीले चुनौतिपूर्ण अवस्था सिर्जना गरेको बताए । सापकोटाले भने ‘सरकारले यसबारे कुनै नीति नै निर्माण गरेको छैन । विद्युतीय मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परिहाले के गर्ने भन्ने अन्यौलता छ,’ उनले भने, ‘वातारणमैत्री भएकाले विद्युतीय सवारी निक्कै प्रभावकारी छन् तर यसको संचालन मापदण्ड नबनाए अपराधसमेत बढ्न सक्छ ।’ सरकारले सक्दो छिटो मापदण्ड बनाउनु पर्ने उनको भनाइ छ ।

यातायात व्यवस्था विभाग भने देश संघीय संरचनामा गएकाले अब प्रदेश सरकारले नै त्यस्तो मापदण्ड बनाउने भन्दै पन्छिन थालेको छ । विद्युतीय सवारी आयात तथा संचालनका लागि विभागले कुनै मापदन्ड र नीति नबनाएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए । 

‘देश संघीय संरचनामा गएसँगै यातायात क्षेत्रको व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई गएको छ । अब विभागले भन्दा पनि प्रदेश सरकारले यस्तो मापदण्ड बनाउनु पर्छ,’ उनले भने ।

नेपालमा वर्षेनी कति विद्युतीय स्कुटर र मोटरसाइकल आयात हुन्छन् भन्नेबारे विभागसँग कुनै तथ्यांक नै छैन । तर, विद्युतीय स्कुटर र मोटरसाइकल बिक्री गरिरहेका कम्पनीले भने बिना दर्ता बेचिरहेका छन् । 

करिब चार वर्षदेखि इलेक्ट्रीक स्कुटर बेच्दै आएको टेरा मोटर्स, बेला मोटर्स, बेनलिङ्क लगायतका एकदर्जन कम्पनीले दर्ता नै नगरि सवारी बिक्री गर्दै आएका छन् ।

टेरा मोटर्सकी बजार व्यवस्थापक समिता पाण्डेले सरकारले कुनै मापदन्ड निर्माण नगरेकाले बिना नम्बरप्लेट स्कुटर बेची रहेको बताइन् । ‘हामीले विद्युतीय स्कुटर बेच्दै आएको चार वर्ष भयो । सुरुवातमा साइकल बेचे जस्तै स्कुटर बेच्ने गथ्र्याै । अहिले भने लाइसेन्स भएका ग्राहकलाई नम्बर प्लेट राख्न सुझाब दिने र ब्लूबुक दिँदै आएका छौं भने, लाइसेन्स नभएका ग्राहकलाई बिना नम्बलर प्लेट स्कुटर बेच्ने गरेका छौं’ पाण्डेले भनिन् ।

त्यस्तै, बेला मोटर्सले पनि लाइसेन्स भएका ग्राहकलाई नम्बल प्लेटसहित स्कुटर बेच्ने गरेको जनाएको छ । उक्त कम्पनीकी मिडिया को–अर्डिनेटर सबिता रानाले सरकारले कुनै मापदन्ड निर्माण नगरेकाले लाइसेन्स नभएका ग्राहकलाई बिना नम्बर प्लेटनै स्कुटर र मोटरसाइकल बेच्ने गरेको बताएकी छिन् ।

यसका साथै नेपालमा करिब १ दर्जन भन्दा धेरै विद्युतीय स्कुटर तथा मोटरसाइकलका ब्रान्ड उपलब्ध रहेका छन् । बिना दर्ता संचालित सवारीसाधन दुर्घटनामा परेको अवस्थामा के गर्ने भन्ने चिन्ता विभाग र ट्राफिक प्रहरी महाशाखालाई परेको छ ।

विद्युतीय सवारीको उपयोगलाई विशेष प्राथमिकतामा राखेको सरकारले नियमनका लागि उचित मापदन्ड निर्माण गर्नुपर्छ । सरकारले मापदन्ड तोकि नसकेको तर केही टेष्ट पुरा गरेकालाई नम्बर प्लेट दिने काम गर्दै आएको छ । जसले अहिलेसम्म दर्ता प्रकृयामा गएका छैनन् ति कम्पनीले कि त खराव उत्पादन बिक्री गरिरहेका छन् वा राज्यलाई दर्ता प्रकृयामा लाग्ने शुल्क ठगिरहेका छन् । 

नम्बर प्लेट र बीमा हुन्छ 

इलेक्ट्रीक स्कुटर बिक्रेता कम्पनीहरुले सरकारलाई मापदन्ड नबनाएको भनेर दोष लगाई रहेका भएपनि केही कम्पनीले भने स्कुटर दर्ता गरेरै बिक्री वितरण गरिरहेका छन् । 

चाइनिज कम्पनी एनआईयूले उत्पादन गरेका स्मार्ट इलेक्ट्रीक स्कुटर दर्ता भएरै बिक्री वितरण भइरहेको छ । कम्पनीले सुरुवातदेखि नै यसलाई दर्ता गर्नेदेखि वीमा गर्नेसम्मको व्यवस्था मिलाएको छ ।

त्यस्तै पछिल्लो दिनमा ओकिनवा र हिरोका इलेक्ट्रीक स्कुटरहरुले पनि विभागको टेक्नीकल स्पेसिफिकेसन पुरा गरेका छन् । 


Back_to_top