बजाजले आफ्नो पल्सर सेग्मेन्टमा नयाँ फ्गागसिप मोडल ‘पल्सर–२५०’ चालु वर्ष २०१९मा नै सार्वजनिक गर्ने भएको छ । कम्पनीले केही समय अघि आफ्नो पल्सर सिरिजको २२०, एनएस २००, आरएस २०० र पल्सर १८० मा केही परिमार्जन सहित बजारमा ल्याएको थियो ।
कम्पनीले बजाज डोमिनार–४०० लाई निकै पावरफुल बनाएर भारतीय बजारमा सार्वजनिक गरिसकेको छ । यस्तोमा कम्पनीको ध्यान नयाँ मोडल पल्सर–२५० मा केन्द्रित भएको जनाईएको छ ।
बजाजको पल्सर–२५० मा धेरै कुरा केटीएम ड्यूक–२५०बाट लिइएको छ । यसले यो मोडललाई केटीएम बेस मोडलको रुपमा चर्चा गर्न थालिएको छ । यसमा उपलब्ध ५ उत्कृष्ट कुरा बिभिन्न रिपोर्टमा आधारित रहेर हामीले तयार गरेका छौं ।
पल्सर सिरिजकै सबैभन्दा पावरफुल इन्जिन
बजाजले पल्सर–२५० सिरिजकै सवैभन्दा पावरफुल इन्जिन यसमा दिएको छ । भारतीय प्रदुषण मापदन्ड बिएस–६ बराबरको इन्जिन दिइएको यसमा २४९ सीसी, सिङ्गल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन दिइएको छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ । यसमा दिइएको इन्जिनले ३० पीएस र २५ एनएम टर्क जेनेरेट गर्छ ।
डियूल च्यानल एबीएस र स्लीपर क्लच
अहिल्यै कम्पनीले यस विषयमा कुनै जानकारी बाहिर नल्याएपनि बिभिन्न एजेन्सीको अनुमान अनुसार यसमा डियूल च्यानल एबीएस र स्लीपर क्लचको विशेषता उपलब्ध हुनेछ । यसले पल्सर–२५० लाई प्रिमियम बनाउने छ ।
नेकेड डिजाइन
बजाजले यसलाई स्ट्रीट नेकेड स्टाइलमा बजारमा ल्याउने अनुमान गरिएको छ । जुन एनएस–२०० बाट प्रभावित हुनेछ ।
फुल एलइडी हेडल्याम्प
पल्सर–२५० मा फुल एलइडी हेडलाईट दिइने छ । जसलाई कम्पनीले डोमिनारबाट लिएको छ । यसको अलावा यसमा टिएफटी डिस्प्ले र ब्लुटुथ कनेक्टीभीटी उपलब्ध हुनेछ ।
सबैभन्दा महंगो पल्सर मोडल
माथी उल्लेखित सबै फिचर उपलब्ध हुनु भनेको स्वभाबिक रुपमा बाइक महंगो हुनु हो । त्यसैले यसलाई पल्सर सिरिजको सबै महंगो बाइक हुने अनुमान लगाउन कठिन हुँदैन ।


