बुलेटको ट्रायल्स सिरिजमा दुई बाइक सार्वजनिक, यस्ता छन् फिचर र मूल्य

रोयल इन्फिल्डले भारतीय बजारमा बुलेट ट्रायल्स वर्क रेप्लीका ३५० र बुलेट ट्रायल्स वर्क रेप्लीका ५०० सार्वजनिक गरेको छ । रोयल इन्फिल्ड बुलेट ट्रायल ३५० को मूल्य १ लाख ६२ हजार भारु तोकिएको छ भने, बुलेट ट्रायल ५०० को मूल्य २ लाख ७ हजार भारु तोकिएको छ ।

कम्पनीले उक्त मोटरसाइकल अफ रोड राइडिङ्गको लागि निर्माण गरिएको जनाएको छ । अफरोड लुक दिनको लागि बाइकमा लगाईएको मडगार्ड स्टान्डर्ड बुलेटको तुलनामा केही पातलो रहेको छ ।

दुबै मोटरसाइकलमा लामो ह्यान्डलबार, सिंगल सिट र लगेज क्यारिएर दिइएको छ भने डबल डिस्क ब्रेक र डबल च्यान एबीएसको विशेषता प्रदान गरिएको छ ।  बुलेट ट्रायल ३५०मा रेड फ्रेम र बुलेट ट्रायल्समा ५०० मा ग्रीन फ्रेम दिइएको छ  ।  दुबै बाइकको फ्रन्टमा १९ इन्च र रियरमा १८ इन्च ह्वील दिइएको छ ।

दुबै बाइमा एक्जस्ट, हेडलाइट ग्रिल, क्रशबार जस्ता विशेषता दिइएको छ । बुलेट ट्रायल्स ३५० यसमा ३४६ सीसी इन्जिन दिइएको छ । यसले २० एचपी पावरका साथै २८ एनएम टर्क उत्पादन गर्छ ।

बुलेट ट्रायल्स ५०० मा भने ४९९ सीसी इन्जिन दिइएको छ । जसले २७.५ बीएचपी पावरका साथै ४१.३ एनएम टर्क उत्पादन गर्छ । दुबै बाइकमा ५ स्पिड गियरबक्स दिइएको छ । 


Back_to_top