काठमाडौं । टीभीएसले अपाची आरटीआर सिरिजका (१६०, १८० र २००) तीन मोटरसाइकलमा एबीएस विशेषता सहित उपलब्ध गराएको छ । भारतमा लागु हुने नयाँ सुरक्षा मापदन्ड अनुसार टीभीएसले आरटीआर १६० फोरभी, आरटीआर १६० टूभी र १८० मा उक्त विशेषता थप गर्न लागेको हो ।
नेपाली बजारमा समेत बिक्री भइरहेको १६० फोरभीमा १५९.७ सीसी सिंगल सिलिन्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ । बाइकमा १६.५ पीएस ८००० आरपीएममा र १४.८ एनएम ६५०० आरपीएममा रहेको छ । पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पिड गियर बक्स रहेको छ । फोरभी पावर टू वेट रेसियोमा टप स्पीड ११३ किलोमिटर प्रतिघन्टा छ ।
यसमा डिस्क ब्रेक र ड्रम ब्रेक दुवैमा उपलब्ध छ । २ लाख ८५ हजार ९ सय रुपैयाँ मूल्य रहेको यो बाइक रेसिंग रेड, मेटालिक ब्लू र नाइट ब्ल्याक रंगमा रहेको कम्पनीले जनाएको छ ।
यस्तै, इन्ट्री लेभल आरटीआ १६० मा उपलब्ध सिंगल सिलिन्डर इन्जिनले ८५ सय आरपीएममा १५ बीएचपी पावरका साथै ६ हजार आरपीएममा १३ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ५ स्पीड गियरबक्स लगाइएको छ । यसको फ्रन्टमा २७० मिमिको डिस्क ब्रेक र रियरमा १३० मिमिको ड्रम ब्रेक रहेको छ । नेपालीम बजारमा यसको मूल्य २ लाख ५१ हजार ९ सय रुपैयाँ रहेको छ ।
यस्तै आरटीआर १८० भीको फ्रन्टमा २७० एमएम डिस्क ब्रेक र रियरमा २०० एमएम डिस्क ब्रेक लगाइएको छ । यसमा उपलब्ध १९७.७ सीसि इन्जिन लगाइएको छ । ९ हजार आरपीएममा २०.७ बीएचपी पावरका साथै ७ हजार आरपीएममा १८.१ एनएम टर्क उत्पादन गर्छ । नेपाली बजारमा यसको मूल्य २ लाख ७९ हजार ९ सय रुपैयाँ रहेको छ ।
आरटीआर २०० फोरभीमा समेत एबीएसको विशेषता थप गरेको छ । उक्त मोटरसाइकलमा १९७.७५ सीसी सिंगल–सिलिन्डर इन्जिन छ । जुन ५ स्पीड गियरबक्ससँग जोडिएको छ । इन्जिनले ८५०० आरपीएममा २०.५ पीएस (कार्ब) र २१.० पीएस (इएफआइ) पावर दिन्छ । ७००० आरपीएममा १८.१ एनएम टर्क दिने उक्त मोटरसाइकलको बजार मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ तोकेको छ ।


