काठमाडौं । चेरीको सहायक ब्राण्ड आइकार ब्याचमा तयार भएको भी-२३ एसयूभी नेपालमा देखाइएको छ । नाइमा मोबिलिटी एक्स्पोमा देखाउन ल्याइएको भी-२३ बाटोको कारण समयमा आउन सकेन ।
आगामी नोभेम्बर महिनाबाट नेपालमा बिक्री सुरू गर्ने लक्ष्यसहित कम्पनीले यसलाई मिडिया रिभिल गरेको छ । एक युनिट मात्रै नेपाल ल्याइएको भी-२३ काठमाडौंपछि पोखरामा समेत देखाइएको थियो ।
मेरोअटोले पनि यसको टेस्ट ड्राइभ गरिसकेको छ । टेस्ट ड्राइभको आधारमा यसमा रहेको बलियो पक्षका बारेमा हामीले यहाँ चर्चा गर्दैछौं । नेपाली बजारमा रेट्रो डिजाइन इलेक्ट्रीक एसयूभीको रूपमा यसले बलियो उपस्थिति जनाउन सक्ने हाम्रो टेस्ट ड्राइभले देखाएको छ ।
त्यसैले यसको बलिया ५ पक्षको विषयमा तल चर्चा गरिएको छ ।

मूल्य
ठूला कम्प्याक्ट एसयूभी सहरकै साइजमा उपलब्ध भी-२३ को टप भेरियन्टकै मूल्य ४७ लाखभन्दा कम हुने कम्पनीले घोषणा गरिसकेको छ । त्यही आधारमा बुकिङ लिन थालिएको भी-२३ सम्भवत: दुई भेरियन्टमा किन्न पाइन्छ ।
टप भेरियन्टमा रहेको फिचर अनुसार रेगुलर एसयूभीकै मूल्यमा यसलाई किन्न पाइन्छ । तर, निकै पृथक लाग्ने भी-२३ पेट्रोलमा उपलब्ध सुजुकी जिम्नी र महिन्द्रा थार जस्ता मोडलको विद्युतीय विकल्प हो । त्यसैले लाइफ स्टाइल प्रोडक्ट मूल्यको आधारमा आकर्षक हुनेछ ।

रगेड एस्थेटिक्स र साइबर टेक डिजाइन
चेरीले आइकार भी-२३ रेट्रो क्लासिक शैलीमा तयार पारेको एसयूभी हो । यसको छत निकै मजबुत छ । बाहिरी डिजाइन पनि निकै आकर्षक लाग्छ । यसको लम्बाइ ४२२० एमएम, चौडाइ १९१५ एमएम र उचाइ १८४५ एमएम छ । अब तपाई आफैँ यसको उपस्थितिका बारेमा सोच्न सक्नुहुन्छ ।
ठूलो ब्याट्री र सन्तुलित मोटर
कम्पनीले यसमा ५९.९३ किलोवाट आवरको ब्याट्री दिएको छ । उक्त ब्याट्रीसँगै १०० किलोवाटको सन्तुलित मोटरले पावर प्रदान गर्छ । यसको पीकटर्क १८० न्यूटन मिटर छ । निकै स्मुद एक्सलरेसन भएको एसयूभी ३०० किलोमिटर माथि रेन्ज दिन सक्षम छ ।

लग्जरी क्याबिन
भी-२३ को अर्को बलियो पक्ष यसको क्याविन हो । निकै फराकिलो क्याबिनमा लेगरुम र हेडरुमको चिन्ता नै छैन । आरामदायी सिट, विशेष रूपमा डिजायन गरिएका मेकानिकल नबहरूले पृथक फिल गराउने छ ।
चेरी र सारडा ग्रुप
आइकार भी-२३ सँग जोडिएको अर्को बलियो पक्ष चेरी मोटर्स हो । चीनको सबैभन्दा ठूलो कार निर्याकर्ताले विश्वका ८० भन्दा बढी देशमा गाडी बिक्री गर्दै आएको छ । त्यसमा नेपालको आयातकर्ता सारडा ग्रुपको अनुभवले पनि उपभोक्ताको आत्मवल बढाउन सक्नेछ । सारडा ग्रुप अन्तर्गत निसान, जिकर जस्ता अन्य ब्राण्डका कार पनि बिक्री हुँदै आएका छन् ।

