एम्बास्डर कार इलेक्ट्रिकमा आउँदै, २०२१ को अन्त्यमा भारतीय बजारमा सार्वजनिक हुने

ग्रुप पीएसए भारतीय बजारमा पुनः प्रवेश गर्दै छ । उक्त ग्रुप सिट्रोन ब्रान्डको कार लिएर भारत आउन लागेको हो । कम्पनीले २०२१ को अन्त्यसम्ममा भारतीय बजारमा सिट्रोन कार ल्याउने जनाएको छ ।

युरोपको दोस्रो ठूलो कार उत्पादक ग्रुप पीएसएले भारतीय बजारमा ठूलो लगानी गर्ने गरि २०१७ मा सीके बिर्ला ग्रुपसँग २०१७ मा सम्झौता गरेको थियो । पीएसएले भारतमा १०० मिलियन युरो लगानी गर्ने सम्झौता भएको थियो ।

सीके बिर्ला ग्रुपको स्वामित्पमा रहेको हिन्दूस्तान मोटर्सको चर्चित मोडल एम्बास्डर ८० करोड भारुमा खरिद गरेको थियो । ग्रुप पीएसएले भारतीय बजारमा एम्बास्डर नामको कार इलेक्ट्रीक भर्सनमा बिक्री गर्ने भएको छ ।

ग्रुप पीएसएले भारतमा निक्कै चर्चित रहेको उक्त पुरानो मोडलको एम्बास्डर कार इलेक्ट्रीक मोडलमा ल्याई भारतीयहरुको मन जित्ने विश्वास लिएको छ ।

हाल ग्रुप पीएसए अन्तर्गत ओपेल, फक्सल, डीएस र पिउजो ब्रान्ड रहेका छन् । अब एम्बास्डर पनि सव–ब्रान्डको रुपमा रहने छ । विगतमा ह्याचब्याक सेगमेन्टमा रहेको एम्बास्डर कार अब भने कम्प्याक्ट एसयूभी वा क्रसओभर इलेक्ट्रीक प्रिमियम मध्ये एक भेरियन्टमा आउने अनुमान गरिएको छ ।

महिन्द्राले २०२० को मध्य तिर एक्सयुभी ३३ इभी र त्यही समयमा टाटाको इलेक्ट्रक अल्ट्रोज ल्याउने छ । ग्रुप पीएसएले तीनै कारसँग प्रतिस्पर्धा गर्ने गरि बजारमा ल्याउने अनुमान गरिएको छ ।


Back_to_top