हिरोको दुई नयाँ मोडलहरू भारतीय बजारमा भोलि मे १मा सार्वजनिक हुने भएका छन् । कम्पनीका अनुसार हिरो एक्सपल्स-२०० र एक्सपल्स-२०० टी गरी दुई नयाँ मोडल भोलिदेखि भारतीय बजारमा बिक्री वितरण सुरु हुने भएको हो ।
कम्पनीले एक्सपल्स-२०० टीलाई ईआसीएमए मोटर शो-२०१८ मा सार्वजनिक गरिसकेको थियो । हिरो एक्सपल्स-२०० टीमा आधुनिक प्रविधि र रेट्रो स्टाइलिङ्ग दिइएको छ ।
हिरो एक्सपल्स-२०० टीले आरामदायी यात्रा दिन्छ भने, यो लामो दूरीको यात्राको लागिसमेत निकै उपयोगी हुनेछ । यसमा उपलब्ध फिचरहरुमा ब्लू-टुथ कनेक्टिभीटी, डिजिटल स्पीडोमिटर, नेभिगेसन, एलईडी हेडलाइट र टेल ल्याम्प दिइएको छ । साथै सुरक्षाको नयाँ मादन्ड अनुसार सिङ्गल च्यानल एबीएस उपलब्ध रहेने छ ।
हिरो एक्सपल्स-२०० इन्ट्री-लेभल एड्भेन्चर टुरर बाइक हो । एक्सप्ल्स-२०० को फ्रन्ट र रियरमा २१-१८ इन्च वायर स्पोक–ह्वील र १७ इन्च अलोए ह्वील दिइएको छ ।
कम्पनीले यी दुई बाइकमा २०० सीसी, लिक्वीड कुल सिङ्गल सिलिन्डर इन्जिनमा उपलब्ध गराउने छ । उक्त इन्जिनले १८ बीएचपी पावर र १७ एनएम टर्क प्रदान गर्छ । यसमा फाइभ–स्पीड ट्रान्समिसन जडान गरिएको छ ।
भोलिदेखि भारतीय बजारमा बिक्री वितरण हुने यो बाइकको एक्स शोरुम मूल्य १ लाख १० हजार भारतीय रुपैयाँ हुने अनुमान गरिएको छ ।


