काठमाडौं । माघ २३ गते क्यानसर अस्पताल अगाडि बाटो काट्ने क्रममा स्कुटर दुर्घटना भएको थियो । दुर्घटनाको क्रममा ५३ वर्षिया लक्ष्मी वि.क. घाइते भइन् । दुर्घटना स्थलबाट स्कुटर चालक र प्रहरीले घाइतेलाई बीएनबी अस्पतालमा उपचारका लागि पुर्याए । स्कुटर चालक अस्पताल पुगेको र अस्पताल पुगेको केही बेरमा बाहिर निस्किएका उनी फरार रहेका थिए ।
घटनापछि स्कुटर प्रहरीले नियन्त्रणमा लिएको थियो । गम्भिर चोट खेपेकी वि.क. को उपचारका क्रममा फागुन ७ गते मृत्यु भयो । अस्पतालले घाइतेको मृत्यु भएको घोषणा गरेपछि लक्ष्मीका छोरा विष्णु वि.क. आफ्नो आमाको शव लिएर दोलखा फर्किए । उनलाई स्कुटर चालक खोज्ने तिरभन्दा आफ्नी आमाको काजकिरिया गर्ने तिर धेरै चिन्ता भयो ।
पिडितहरुले आफुलाई नभनि स्कुटर पठाएको भन्दै आक्रोस पोखेका छन् । स्कुटर धनीलाई आवश्यक परेको खण्डमा जुनसुकै बेला स्कुटर सहित उपस्थित हुने कागज गराएर छाडिएको र अहिले छलफल भइरहेको प्रहरीको भनाई छ ।
दोलखा गएर काठमाडौं फर्किएका उनले फेरी प्रहरीमा सम्पर्क गरे । अब उनी दोषीलाई कारबाही गराउनु पर्ने तर्फ केन्द्रीत भए । प्रहरीले हामी खोजीमा छौँ, प्रहरी खटाएका छौँ, फेला परेपछि फोन गछौँ भनेर आश्वस्त तुल्याउने प्रयार गरे । र उनीसँग अर्को विकल्प पनि थिएन ।
प्रहरीले त्यसो भनेपछि ढुक्क साथ स्कुलमा पढाइरहेका सिमसन वैशाख लाग्दा समेत केही खबर नआएपछि समय मिलाएर वैशाख १३ गते सातदोबाटो प्रहरी वृतमा गए ।
प्रहरी वृत पुग्दा उनले सो स्कुटर धनीले लगिसकेको जानकारी पाए । उक्त स्कुटर दुर्घटना अघि नै चोरीको भएको र त्यसको चोरी भएको रिपोर्ट प्रहरीसँग भएकोले स्कुटर धनीलाई फिर्ता गरिएको प्रहरीले उनलाई जानकारी गरायो ।
‘चोरले नम्बर प्लेट नै परिवर्तन गरि स्कुटर चलाएको रहेछ, हामीले च्याचिस नम्बरका आधारमा स्कुटर धनीलाई पक्रिएर ल्यायौं, तर उक्त स्कुटर चोरी भएको जाहेरी दुर्घटनाभन्दा निकै अगाडि उपत्यका ट्राफिक महाशाखामा दिएको पायौं’ सातदोबाटो प्रहरी वृतका डिएसपी गौतम मिश्रले मेरोअटोसँग भने ।
उनले चोरको फोटो फेला परेको र चाँडै उसलाई पक्राउ गर्नेसमेत जानकारी दिए ।
उता पिडितहरुले आफुलाई नभनि स्कुटर पठाएको भन्दै आक्रोस पोखेका छन् । स्कुटर धनीलाई आवश्यक परेको खण्डमा जुनसुकै बेला स्कुटर सहित उपस्थित हुने कागज गराएर छाडिएको र अहिले छलफल भइरहेको प्रहरीको भनाई छ ।
पिडित पक्ष विष्णु वि.कले भने ‘हामीलाई उपस्थित नगराई प्रहरीले त्यसरी स्कुटर फिर्ता गर्नु हुन्न थियो, केश क्लोज समेत नभई स्कुटर फिर्ता दिनुनहुने हो ।’
पिडित पक्ष भने अपराधिक क्रियाकलापमा संलग्न भएको गाडी केश बन्दै नगरी पिडित पक्षसँग सल्लाह बीना नै प्रयोगमा आएकोमा आक्रोशीत बनेका छन् ।
यो घटनामा स्कुटर धनीेले आफू फसिने भएपछि स्कुटर हराएको उजुरी दिएको आंशका गरिएको छ । उक्त घटना हुँदा स्कुटर चलाउनेसँग कागजपत्र नभएको र अघिल्लो मितिमा प्रहरीसँगको मिलेमतोमा चोरी भएको उजुरी दर्ता गरिएको पीडित पक्षको आरोप छ ।


