रोयल इन्फिल्डले क्लासिक सिरिजमा व्यापक परिवर्तन गर्दै

डिजाइन तथा प्रबिधिमा कमजोर रहेको भनेर रोयल इन्फिल्ड सँधै जसो ग्राहकले गुनासो गरेको पाइन्छ । यहि कुरालाई मध्यनजर गर्दै कम्पनीले रोयल इन्फिल्ड क्लासीक सिरिजलाई परिमार्जित गरेर ल्याउने तयारी गरेको छ ।

कम्पनीको निक्कै सफल मोटरसाइकलको रुपमा लिइएको क्लासिक सिरिजमा मेकानिकल तथा कस्मेटिक परिमार्जसहित बजारमा आउने भएको हो ।

यसको फ्रन्ट र रियरको राइट साइडमा डिस्क ब्रेक लगाइने छ भने, चेनलाई अपोजिट साइटमा रिप्लेस गरेको छ । 

नयाँ आउने बाइकमा भारत सरकारले लागु गर्न लागेको नयाँ प्रदुषण मापदन्ड बिएस–६ अनुसारको इन्जिन रहने छ । यस्तै, मोटरसाइकलको फ्रन्ट डिस्कलाई परिमार्जन गरेको छ भने, आकर्षक कम्प्याक एक्जस्ट सिस्टम दिइने कम्पनीले जनाएको छ ।

रेगुलर मोडलको तुलनामा परिमार्जित संस्करणमा फराकिलो फुटपेज लगाइएको छ । साथै, राइडरको सहजताको लागि विभिन्न विशेषता थपिने कम्पनीले उल्लेख गरेको छ । यसको परिमार्जित संस्करणमा सिटलाई समेत परिर्वतन गरेर थन्डरवर्ड प्लाटेफर्ममा निर्माण गरिने कम्पनीले जनाएको छ ।

यसका साथै मोटरसाइकलमा अतिरिक्त सुविधाको लागि अग्लो वाइन्डस्क्रिन, क्रश गार्ड र स्याडल ब्याग लगाउने कम्पनीको योजना छ ।


Back_to_top