महिन्द्रा केयूभी–१०० एनएक्सटी डिजेल इन्जिनको उत्पादन बन्द हुदै

महिन्द्राले केयूभी १०० एनएक्सटि डिजेल भर्सनको उत्पादन बन्द हुने भएको छ । कम्पनीले बीएस–६ मापदन्ड अनुसार नभएको भन्दै यसको उत्पादन बन्द गर्ने घोषणा गरेको हो । महिन्द्राको लागि नेपालको आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेडले नेपाली बजारमा  केयूभी–१०० एनएक्स बिक्री गर्दै आएको छ ।

नेपाली बजारमा केयूभी एनएक्सटी के फोर प्लसको मूल्य २७ लाख ७५ हजार रुपैयाँ रहेको छ । यस्तै केयूभी–१०० एनएक्सटी के ६ प्लसको मूल्य २९ लाख ६५ हजार रुपैयाँ रहेको छ । 

यसमा १.२  लिटर  डिजेल इन्जिन लगाइएको छ । यसमा उपलब्ध एम फ्यालकन डी ७५ टर्बाेचाज्र्ड थ्रि सिलिन्डर इन्जिन लगाइएको छ । यसले ३७५० आरपीएममा ७८.०४ पीएस पावरका साथै १७५० देखि २२५० आरपीएममा १९० एनएम टर्क उत्पादन गर्छ । यसमा पाँच स्पीड म्यानुअल ट्रान्समिसन लगाइएको छ । यस्तै ये कारमा उपलब्ध १.२ लिटर एम फ्यालकन जी ८० न्याचुरल्ली इन्स्पायर्ड थ्रि सिलिन्डर युनिटले ८१.९४ पीएस पावरका साथै ११५ एनएम टर्क उत्पादन गर्छ । 


Back_to_top