यी ४ मिडसाइज एसयूभी, कुन बेस्ट

काठमाडौं । नेपाली बजारमा मध्यम खालका एसयूभीको माग तथा आयात बढी रहेको छ । जसका कारण सवारी कम्पनीहरुले यही सेगमेन्टका सवारीको आयातमा जोड दिई रहेका छन् । यही सेगमेन्टमा कार उत्पादन कम्पनीहरुले पनि नयाँ उत्पादन ल्याउने क्रममा रहेका छन् । 

यस्तैमा यहाँ नेपाली बजारमा उपलब्ध ४ वटा मिडसाइज स्पोर्ट युटिलिटी भेइकल (एसयूभी) का बारेमा उल्लेख गरिएको छ । हुन्डाई क्रेटा, रेनो क्याप्चर, जीप कम्पास र निसानको किक्स रहेको छ । यी एसयूभीको विशेषता तथा मूल्य समेतको तुलना यहाँ गरिएको छ । 

हुन्डाई क्रेटा

हुन्डाई क्रेटाको लेन्थ ४२ सय ७० एमएम, वाइड १७ सय ८० एमएम र हाइट १६ सय ६५ एमएम रहेको छ । त्यस्तै यो एसयूभीको ह्वीलवेस २५ सय ९० एमएम छ भने क्रेटाको ग्राउन्ड क्लियरेन्स १ सय ९० एमएम रहेको छ । 

क्रेटाको पेट्रोल इन्जिन १५ सय ९१ सीसी क्षमतारको रहेको छ । यसले १ सय २३ एचपी पावर, फोर सिलिन्डर, १ सय ५१ एनएम टर्क, ६ स्पीड एमटी र एटी रहेको छ । क्रेटा डिजेल १३ सय ९६ र १५ सय ८२ सीसी इन्जिन रहेको छ ।

नेपाली बजारमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले उपलब्ध गराउँदै आएको छ । यसको बजार मूल्य ४३ लाख १६ हजारदेखि ५८ लाख ९६ हजार रुपैयाँसम्म रहेको छ । क्रेटा नेपाली उपभोक्ताको रोजाइमा परेको कार हो । 

रेनो क्याप्चर

रेनोको क्याप्चरको लेन्थ ४३ सय २९ एमएम, वाइड १८ सय १३ एमएम र हाइट १६ सय १९ एमएम रहेको छ । त्यस्तै यो एसयूभीको ह्वीलवेस २६ सय ७३ एमएम छ भने क्याप्चरको ग्राउन्ड क्लियरेन्स २ सय १० एमएम रहेको छ । 

रेनो क्याप्चर १४ सय ९८ सीसी पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ । यसले १ सय ६ एचपी पावर, फोर सिलिन्डर, १ सय ४२ एनएम टर्क, ५ स्पीड एमटी रहेको छ । क्याप्चर डिजेल १४ सय ६१ सीसी इन्जिन उपलब्ध रहेको छ ।

रेनोका गाडी नेपाली बजारमा एडभान्स अटोमोबाइलले बिक्री गर्दै आएको छ । रेनो क्याप्चरको मूल्य ४८ लाख १४ हजार ३ सय ४५ देखि ६४ लाख ८९ हजार  सय ७ रुपैयाँसम्म रहेको छ । 

जीप कम्पास

जीप कम्पासको लेन्थ ४३ सय ९५ एमएम, वाइड १८ सय १८ एमएम र हाइट १६ सय ४० एमएम रहेको छ । त्यस्तै यो एसयूभीको ह्वीलवेस २६ सय ३६ एमएम छ भने जीप कम्पासको ग्राउन्ड क्लियरेन्स २ सय ८ एमएम रहेको छ ।

जीप कम्पास १३ सय ६८ सीसी इन्जिन क्षमतारको रहेको छ । यसले १ सय ६३ एचपी पावर, फोर सिलिन्डर र टर्बोचार्जज्ड अप्सन, २ सय ५० एनएम टर्क, ६ स्पीड एमटी र ७ स्पीड डीसीटी रहेको छ । जीप कम्पास १९ सय ५६ सीसी डिजेल इन्जिन रहेको छ । 

अमेरिकी ब्रान्ड जीप नेपाली बजारमा एमएडब्लू अन्तर्गतको लाइफ अटोमाबाइलले उपलब्ध गराउँदै आएको छ । यसको बजार मूल्य ७० लाख ९० हजारदेखि ९८ लाख ९० हजार रुपैयाँसम्म रहेको छ । नेपाल भित्रिएको छोटो सयममा जीप कम्पास लाकप्रिय बनेको छ ।

निसान किक्स

निसान किक्सको लेन्थ ४३ सय २९ एमएम, वाइड १८ सय १३ एमएम र हाइट १६ सय १९ एमएम रहेको छ । त्यस्तै यो एसयूभीको ह्वीलवेस २६ सय ७३ एमएम छ भने किक्सको ग्राउन्ड क्लियरेन्स २ सय १० एमएम रहेको छ । 

निसान किक्सको पेट्रोल इन्जिन १४ सय ९८ सीसी क्षमतारको रहेको छ । यसले १ सय ६ एचपी पावर, फोर सिलिन्डर, १ सय ४२ एनएम टर्क, ५ स्पीड एमटी रहेको छ । किक्स डिजेल १४ सय ६१ सीसी इन्जिन रहेको छ ।

जापानी कम्पनी निसानको कार नेपाली बजारमा पायोनियर मोटोकर्पले बिक्री गर्दै आएको छ । यसको बजार मूल्य ४७ लाख ९९ हजारदेखि ५९ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ ।


Back_to_top