काठमाडौं । उपत्यका विकास प्राधिकरणले काठमाडौं शेषमती करिडोर क्षेत्रमा निर्माण गरिएका अवैध संरचना डोजर लगाएर भत्काएको छ ।
प्राधिकरिणले बिहीबार उक्त क्षेत्रमा बनाइएका अवैध टहरा लगायत संरचनामा डोजर चलाएको हो ।
प्राधिकरणले यसअघि सूचना जारी गर्दै अवैध र खोला मिचेर बनाइएका संरचना हटाउन सम्बन्धित व्यक्तिहरूलाई आग्रह गरेको थियो ।
तर, उक्त आग्रहलाई स्थानीयले बेवास्ता गरेपछि प्राधिकरणले डोजर प्रयोग गरेर भत्काएको हो।

