काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयले यात्रुको बिदाइ तथा स्वागतका लागि एक जना यात्रुको तीन जना मात्रै आउन आग्रह गरेको छ ।
विमानस्थल कार्यालयले एक सूचना जारी गर्दै बढ्दो आन्तरिक तथा अन्तर्राष्ट्रिय ट्रमिनल भवन बाहिर भीड बढेकाले चुनौती थपिएको भन्दै एक जना यात्रुको तीन जना मात्र आउन भनेको हो ।
विमानस्थलको अनुसार एक जान यात्रुको स्वागत वा बिदाइका लागि धेरै आफन्त विमानस्थल पुग्ने प्रवृत्तिका कारण विमानस्थल परिसरमा अत्यधिक भीडभाड हुने गरेको छ। जसले विमानस्थलमा सुरक्षा चुनौती बढ्नुका साथै हवाई यात्रुहरूको आवगमनमा असुविधा भएको कार्यालयले जनाएको छ ।
‘…कतिपय अवस्थामा एक जना यात्रुको लागि दशौँ आफन्तजन स्वागत तथा बिदाइको लागि विमानस्थलमा आउने गरेकोले यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाताभित्रको सीमित स्थानका कारण अत्यधिक भिडभाड हुने गरेको छ । यस्तो भिडाभाडको चापले विमानस्थलमा सुरक्षा चुनौती थमिनुका साथै स्वदेशी तथा विदेशी हवाई यात्रुहरूको आवागमनमा असुविधा भइरहेकोले विमानस्थल व्यवस्थापनमा समेत प्रतिकूल असर परिरहेको र अत्यधिक भीडभाडलाई निरुत्साहित गर्न आवश्यक देखिएको हुँदा एक जना यात्रुको लागि बढीमा ३ जना मात्र आफन्तजन आई स्वागत तथा विदाइ गरी अत्यधिक भिडभाड नियन्त्रणमा सहयोग गरिदिन हुन सम्बन्धिंत सबैलाई अपिल गर्दछ,’ विमानस्थलले जारी गरेको सूचनामा भनिएको छ ।



