एक्सट्रीम १६० आर फोरभीको नयाँ भर्सन ल्याउँदै हिरो

काठमाडौं । हिरो मोटोकर्पले १६० सीसीको एक्सट्रीम १६० आर फोरभी मोटरसाइकलको नयाँ भर्सन ल्याउने भएको छ ।

हिरोले आफ्नो प्रिमियम मोटरसाइकल पोर्टफोलियोलाई थप आकर्षक बनाउन नयाँ एक्सट्रीम १६० आर फोरभीको अपडेटेड भर्सन लन्च गर्ने तयारी थालेको हो ।

कम्पनीले नयाँ मोटरसाइकलमा डिजाइनमा केही परिमार्जनसँगै टीएफटी इन्स्टुरुमेन्ट क्लस्टरसमेत नयाँ प्रयोग गर्ने भारतीय मिडिया रिपोर्टमा उल्लेख छ ।

कम्पनीले हालै सार्वजनिक गरेको टिजरमा मोटरसाइकलको पछाडिको केही भाग मात्र देखाइएको छ । यसको डिजाइन हालको एक्स्ट्रिम १६०आर ४ भीसँग मिल्दोजुल्दो देखिन्छ । टिजरमा नयाँ रियर टायर हगर पनि देख्न सकिन्छ ।

नयाँ मोटरसाइकल आगामी अक्टोबर १६ वा १७ तारिकमा सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ । सार्वजनिक भएपछि यसले बजाज पल्सर एन १६० को नयाँ ४भी भर्सन र टीभीएस अपाचे आरटीआर १६० ४भीसँग प्रतिस्पर्धा गर्नेछ ।

हिरोले एक्स्ट्रिम १६०आर ४ भी कम्ब्याट एडिसनमा पछिल्लो समय २०२५ नोभेम्बरमा विभिन्न अपडेट दिएको थियो । उक्त भर्सनमा इलेक्ट्रोनिक थ्रोटल बडी (ईटीबी), क्रुज कन्ट्रोल, तीनवटा राइडिङ मोड, नयाँ क्लास डी एलईडी हेडलाइट र कलर एलसीडी इन्स्टु«रुमेन्ट क्लस्टर उपलब्ध गराइएको थियो ।

एलसीडी क्लस्टरमा ब्लुटुथ कनेक्टिभिटी र टर्न बाइ टर्न नेभिगेसन जस्ता सुविधा थिए । अब भने कम्पनीले बजारको प्रतिष्पर्धालाई मध्येनजर गर्दै आफ्नो चर्चित मोडलमा टीएफटी अपडेट गर्ने भएको हो ।

अहिले बजाज र टीभीएसका प्रतिस्पर्धी मोटरसाइकलमा टीएफटी डिस्प्ले तथा गुगल म्याप्स मिररिङ जस्ता सुविधा उपलब्ध हुन थालेका छन् । यस्तो अवस्थामा एक्स्ट्रिम १६०आर ४भीलाई प्रतिस्पर्धी बनाउन हिरोले नयाँ भर्सनमा टीएफटी डिस्प्ले उपलब्ध गराउने बताइएको छ ।

नयाँ भर्सनमा इन्जिन सेटअप र फिचर पुरानै रहन्छ वा नयाँ हुन्छ भन्ने बारे केही खुलाइएको छैन । हालकाे १६०आर ४ भीमा १६३.२ सीसीको सिंगल सिलिण्डर, फोर भल्भ, आयल कुल्ड इन्जिन छ । उक्त इन्जिनले १६.९ पीएस पावर र १४.६ एनएम टर्क उत्पादन गर्छ । यसमा ५ स्पीड गियरबक्स छ ।


Back_to_top