पोखरामा एकैपटक १२ युनिट जेसीबी हस्तान्तरण

पोखरा । जेसीबी नेपालले पोखरामा एकैपटक १२ युनिट जेसीबी मेसिन हस्तान्तरण गरेको छ । कम्पनीले पोखरामा आयोजित विशेष ग्राहक भेटघाट तथा साँचो हस्तान्तरण कार्यक्रममा प्रमुख ग्राहकहरूलाई १२ वटा मेसिन हस्तान्तरण गरेको हो ।

एमएडब्लू अर्थमुभर्सले हस्तान्तरण गरेका मेसिनहरूमा जेसीबीका फ्ल्यागशिप थ्रीडीएक्स ब्याकहो लोडर र जेसीबी २२१ एक्स्काभेटर रहेका थिए ।

नेपालमा जेसीबीका मेसिनहरू टिकाउपन, उच्च रिसेल भ्यालु तथा प्रभावकारी संचालन क्षमताका कारण व्यापक रूपमा विश्वास गरिएका छन् ।

३२ भन्दा बढी बिक्री तथा सेवा केन्द्र र २०० भन्दा बढी दक्ष सपोर्ट इन्जिनियरहरूको संजाल मार्फत जेसीबी नेपालले भरपर्दो आफ्टर सेल्स सर्भिस उपलब्ध गराउँदै आएको छ । जुन आजको प्रतिस्पर्धात्मक कन्स्ट्रक्सन इक्विपमेन्ट बजारमा अत्यन्त महत्वपूर्ण पक्ष मानिन्छ।

कन्स्ट्रक्सन इक्विपमेन्ट क्षेत्रमा प्रतिस्पर्धा बढिरहेको र ग्राहकहरूको अपेक्षा निरन्तर परिवर्तन भइरहेको अवस्थामा, यो उपलब्धिले बजारमा प्रमाणित कार्यसम्पादन र दीर्घकालीन मूल्यप्रतिको झुकाव स्पष्ट रूपमा देखाएको छ।

उनीहरूको जेसीबी इक्विपमेन्टप्रतिको सामुहिक लगानीले भरपर्दो प्रविधि, निरन्तरको सर्भिस सपोर्ट तथा न्यून संचालन जोखिमप्रति बढ्दो प्राथमिकता झल्काएको छ। जेसीबी नेपालले यी क्षेत्रहरूमा निरन्तर नयाँ मापदण्डहरू स्थापित गर्दै आएको छ।

जेसीबी नेपालका प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदीले ग्राहकको जेसीबीप्रतिको विश्वासले व्यवसायिक सफलताका लागि कार्यसम्पादन, सेवा सुनिश्चितता र दीर्घकालीन विश्वसनीयताको महत्वलाई अझ स्पष्ट बनाएको बताए ।

‘यो उपलब्धि केवल औपचारिक हस्तान्तरण मात्र होइन, आज बजारको वास्तविक विश्वास कहाँ केन्द्रित छ भन्ने संकेत पनि हो। ग्राहकहरू अहिले लगानी प्रतिफलप्रति बढी सचेत र निर्णयमा जानकार बन्दै गएका छन्। उहाँहरूको जेसीबीप्रतिको विश्वासले व्यवसायिक सफलताका लागि कार्यसम्पादन, सेवा सुनिश्चितता र दीर्घकालीन विश्वसनीयताको महत्वलाई अझ स्पष्ट बनाएको छ,’ उनले भने ।

पश्चिम नेपालमा पूर्वाधार विकासले गति लिइरहेको अवस्थामा मेसिनको निरन्तर संचालन क्षमता, स्पेयर पाट्र्सको सहज उपलब्धता तथा सम्पूर्ण जीवनचक्र लागतको प्रभावकारिता उपकरण छनोटका महत्वपूर्ण आधार बन्दै गएका छन्। जेसीबी नेपालको सुदृढ सेवा प्रणालीले ग्राहकलाई न्यून डाउनटाइम र अधिकतम उत्पादकता सुनिश्चित गर्दै राम्रो लाभ प्रदान गरिरहेको छ।


Back_to_top