काठमाडौं । जेठ १६ गते (शनिबार ‘पल्सर आरपीएम’ कार्यक्रम आयोजना हुने भएके छ ।
नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले युवा, सडक संस्कृति, संगीत तथा राइडिङ समुदायलाई एउटै मञ्चमा जोड्ने उद्देश्य उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।
‘पल्सर आरपीएम’ शनिबार बिहान ११ बजेदेखि साँझ ८ बजेसम्म टोखास्थित स्केटर्स नेपालमा आयोजना हुनेछ । कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ ।
कार्यक्रमका विशेष आकर्षणहरू स्टन्ट शो तथा बीएमएक्स प्रदर्शन, स्केट तथा बी–बोय प्रस्तुति, ग्राफिटी आर्टका आकर्षक गतिविधिका साथै र्याप तथा डीजे सेसन पनि समावेश गरिनेछ, जसले युवापुस्तालाई मनोरञ्जन र ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
‘राइड. पावर. मोसन.’ को भावनालाई केन्द्रमा राखेर आयोजना गरिने ‘पल्सर आरपीएम’ ले आजको पुस्ताको ऊर्जा, उत्साह र आत्मअभिव्यक्तिलाई उत्सवका रूपमा प्रस्तुत गर्नेछ ।
कार्यक्रममा काठमाडौंभरिका राइडर, स्केटर, नृत्य, कलाकार तथा संगीतप्रेमीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।
‘पल्सर आरपीएम’ जस्ता प्लेटफर्ममार्फत नेपाली युवासँग अझ बलियो सम्बन्ध निर्माण गर्ने उद्देश्यका साथ बजाजले मोटरसाइकलभन्दा बाहिर गएर संगीत, फ्रिस्टाइल खेल, सिर्जनात्मक तथा सहरीका युवा संस्कृतिमा आधारित अनुभव प्रदान गर्दै आएको छ ।


