पहिलाकाेभन्दा निकै सस्तो मूल्यमा बिक्री सुरू भयो नयाँ ‘ओमोडा ई फाइभ प्रो’

काठमाडौं । नेपाली बजारमा नयाँ ओमोडा ई फाइभ प्रो सार्वजनिक भएको छ । नेपालका लागि ओमोडाको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले ई फाइभ एसयूभीको फेसलिफ्ट मोडलको बिक्री सुरु गरेको हो ।

कम्पनीले नयाँ ओमोडा ई फाइभ प्रोको आधिकारिक मूल्य सिंगल टोन भेरियन्टको ५१ लाख ५९ हजार र डबल टोन भेरियन्टको ५१.९९ लाख रुपैयाँ तोकेको छ । यो मूल्य पुरानो ओमोडाको भन्दा निकै सस्तो हो । यसअघि सिंगल टोनको मूल्य ५४ लाख ९९ हजार र डबल टोनको ५५ लाख ५९ हजार रुपैयाँ थियो ।

कम्पनीले नयाँ गाडी लन्चको अवसरमा विशेष अफर दिँदै पहिलो ५० ग्राहकलाई ४९ हजार ९९ लाख रुपैयाँमै नयाँ ई फाइभ प्रो उपलब्ध गराउने जनाएको छ ।

ओमोडा ई फाइभ एउटा फिचर लोडेड कुप्पे डिजाइनको एसयूभी हो । नयाँ ई फाइभको फेसलिफ्ट मोडलमा धेरै परिवर्तन भएर आएको छ । ओमोडा ई फाइभ यसअघि नै नेपालमा १५०० युनिट बढी बिक्री भइसकेको छ । यसको सफलतालाई निरन्तरता दिँदै नयाँ ई फाइभ प्रो अझ उन्नत प्रविधि, प्रिमियम फिचर र अत्याधुनिक ड्राइभिङ अनुभवसहित आएको छ।

नयाँ ओमोडा ई फाइभ पहिलाकोभन्दा सानो ब्याट्रीप्याकमा आएको छ । यसमा ५०.७ किलोवाट आवरको ब्याट्रप्याक छ । यसले एकपटकको फुलचार्जमा ३५० किमी डब्लूएलटीपी रेन्ज दिन्छ । यसअघि ई फाइभमा ६१ किलोवाट आवरको ब्याट्रीप्याकमा उपलब्ध थियो ।

यसमा मोटर भने हालकै ९९ किलोवाटलाई निरन्तरता दिइएको छ । २८८ न्युटन मिटर टर्क प्रदान गर्छ । नयाँ ई फाइभ प्रोमा १९१ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स छ । यसमा १८ इन्चको अलोय ह्वील दिइएको छ ।

नेपालमा लन्च भएदेखि नै ओमोडा ई फाइभ आफ्नो फ्युचरिस्टिक डिजाइन, उत्कृष्ट रेन्ज, उच्च ग्राउण्ड क्लियरेन्स र आधुनिक प्रविधिका कारण लोकप्रिय इलेक्ट्रीक एसयूभी बन्न सफल भएको छ । नयाँ ओमोडा ई फाइभ प्रोले यसै विरासतलाई अझ सुदृढ़ बनाउँदै नयाँ डिजाइन स्मार्ट फिचर र आधुनिक नेपाली ग्राहकलाई लक्षित प्रिमियम अनुभव प्रदान गर्दछ।

यसको बाहिरी डिजाइन ओमोडाको फ्यूचरिस्टिक डिजाइन फिलोसफीमा आधारित छ । जसमा बोल्ड फ्रन्ट फेसिया, एरोडायनामिक प्रोफाइल र विशेष प्यानथम विङ टेललाइटहरू समावेश छन् । जसले सडकमा शक्तिशाली उपस्थिति सिर्जना गर्दछ ।

यसको इन्टेरियरमा प्रिमियम क्याबिन अनुभव दिने इलेक्ट्रीक सनरूफ, उच्च गुणस्तरका इन्टेरियर मटेरियल र आधुनिक प्रविधिको संयोजन रहेको छ।

यसमा ड्राइभर मसाज सिट, ८ सेनी स्पिकरहरूको इमर्सिभ अडियो सिस्टम र ठूलो १५.६ इन्च वाइडस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले समावेश छ । जसले ड्राइभिङ अनुभवलाई अझ प्रिमियम बनाउँछ।

सुरक्षाका दृष्टिले यसमा १९ भन्दा धेरै सुविधा भएको एडास फिचर, ५४० डिग्री सराउन्ड भ्यू क्यामेरा प्रणाली रहेको छ । जसले चालकलाई उच्च सुरक्षा र आत्मविश्वास प्रदान गर्दछ।


Back_to_top