काठमाडौं । भारतीय कारमा नक्कली नेपाली नम्बर प्लेट राखेर चलाउने चालक पक्राउ परेका छन् ।
प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारमा सवारीसाधन जाँच गर्ने क्रममा भारतीय कारसहित चालक पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कार चालक भारतको बिहार राज्य, जोगवनी थाना, अमोना पञ्चायत वडा नं. २१ मिरगञ्जका २२ वर्षीय नन्दुकुमार चौधरी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त कार धनकुटाबाट धरानतर्फ जाँदै गर्दा पक्राउ परेको हो । चौधरीले भारतीय नम्बर बीआरएजी ६६०२ को गाडीमा नेपाली नम्बर प्रदेश १-०१-००१ च ९२९४ को प्लेट राखी चलाइरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेका चालक र कारलाई यातायात व्यवस्था ऐन, २०४९ को दफा १६० बमोजिम आवश्यक कारबाहीका लागि यातायात व्यवस्था सेवा कार्यालय धनकुटा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


