चुफेङको इलेक्ट्रीक पिकअप एम ३१ ए नेपाल आउँदै, रेन्ज २८० किमी

काठमाडौं । चिनियाँ ब्राण्ड चुफेङको इलेक्ट्रीक पिकअप एम ३१ ए नेपाल आउने भएको छ । नेपालका लागि चुफेङको आधिकारिक बिक्रेता लाइफ म्याटर्स अटोमोटिभ्सले उक्त पिकअप भ्यान ल्याउने भएको हो ।

व्यावसायिक प्रयोगका लागि उपयुक्त एम ३१ ए साउन अन्तिमसम्ममा सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

४९६० एमएम लामो उक्त उक्त इलेक्ट्रीक पिकअप सामान ढुवानी, कृषि तथा साना मझौला व्यवसाय, लजिस्टिक्स लगायतका लागि उपयुक्त छ । यसको चौडाइ १.६३६ एमएम, उचाइ २००० एमएम छ । २०० एमएम बढी ग्राउण्ड क्लियरेन्स रहेका यो पिकअपको पेलोड क्षमता १४६० केजी रहेको छ ।

यसमा ४१.९३ किलोवाटको लिथियम आइरन फस्फेट (एलएफपी ब्याट्री प्रयोग गरिएको छ । जसले एकपटकको फुलचार्जमा २८० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । यसमा ३.३ किलोवाट एसी चार्जिङ र डीसी फास्ट चार्जिङ दुवै सुविधा उपलब्ध छ ।

यसमा ३५ किलोवाट रेटेड तथा ७० किलोवाट पिक पावर उत्पादन गर्ने इलेक्ट्रीक मोटर रहेको छ। जसले २३० न्युटन मिटर टर्क प्रदान गर्छ । यसको टपस्पीड क्षमता प्रतिघण्टा ९० किलोमिटर रहेको छ।

यसमा सुरक्षाका लागि एबीएस, ईबीडी, अगाडि डिस्क र पछाडि ड्रम ब्रेक, इलेक्ट्रीक पावर स्टेयरिङ, हेभी ड्युटी सस्पेन्सन लगायत फिचर छन् ।


Back_to_top