काठमाडौं । नेपालमा डोङफेङको प्रिमियम इलेक्ट्रीक सेडान ईपाइ ००७ सार्वजनिक भएको छ ।
नेपालका लागि डोङफेङको आधिकारिक बिक्रेता एमएडब्लू मोटोकर्पले आजदेखि सुरु भएको नाडा अटो शो २०२६ मा इपाइ ०७७ बिक्री सुरू गरेको हो ।
कम्पनीले ईपाइ ००७ को मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकेको छ । डोङफेङ ईपाइ००७ मा १६० किलोवाटको शक्तिशाली मोटर छ । यसले अधिकतम ३१० एनएम टर्क उत्पादन गर्छ। ठूलो मोटर भएकाले यो गाडीले केबल ६.८ सकेण्डमा ० देखि १०० किलोमिटर प्रति घण्टाको गतिमा कुद्न सक्छ ।
ईपाइ ००७ सेडानमा ५६.८३ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । जसले एकपटकको फुलचार्जमा ५३० किलोमिटर सीएलटीसी रेन्ज दिने कम्पनीको दाबी छ । यो गाडी डीसी फास्ट चार्जरबाट २६ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज हुन्छ ।
यसको लम्बाइ ४८८० एमएम, चौडाइ १८९५ एमए र २९१५ एमएमको ह्वीबेस छ । उचाइ भेरियन्ट अनुसार १४६० एमएमदेखि १४७६ एमएमसम्म छ ।
यसको क्याबिनमा १५.६ इन्चको सेन्टर डिस्प्ले र ८.८ इन्चको फुल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ। यसमा १९ वटा स्पिकर, मल्टीकलर एम्बियन्ट लाइट, वायरलेस मोबाइल चार्जिङ, फोर जोन क्लाइमेट कन्ट्रोल, एयर प्युरिफिकेसन प्रणाली र विद्युतीय रूपमा समायोजन गर्न मिल्ने सिटलगायत सुविधा छन्।
यसमा ६ वटा एयरब्याग, एबीएस, ईबीडी, ब्रेक असिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड र विभिन्न सुविधा भएको आधुनिक एडास फिचर छ ।


