टोमहक ईभीको स्पेयर पार्ट्सको मूल्यसूची सार्वजनिक, केको कति पर्छ ?

काठमाडौं । नेपालमा विद्युतीय सवारी (ईभी)को प्रयोग व्यापक रूपमा बढे पनि उपभोक्ताले बिक्रीपछि राम्रो सेवा नपाएको गुनासो गर्दै आएका छन् । धेरै बिक्रेताले ग्राहकलाई समयमै सर्भिसिङ र सहज, सुपथ मूल्यमा स्पेयर पाट्र्स सेवा उपलब्ध नगराएको सुनिन्छ ।

तर, केही ब्राण्डले भने आफ्नो बिक्रीपछिको सेवालाई उच्च प्राथमिकतामा राखेका देखिन्छ । सर्भिस सेन्टर, चार्जिङ पूर्वाधार निर्माणदेखि स्पेयर पार्ट्सको सहज उपलब्धता गराएका छन् । साथै, स्पेयर पार्ट्सको मूल्य समेत सार्वजनिक गरेर पारदर्शिता देखाउन थालेका छन् ।

यसैक्रमका एमजी इण्डिया (जेएसडब्लू एमजी)को आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले उपभोक्ताको सहजता र विश्वासका लागि आफूले बिक्री गर्ने ईभी मोडलको जेन्युन स्पेयर पाट्र्को मूल्यसूची आधिकारिक रूपमा प्रकाशित गरेको छ ।

कम्पनीले चाँडै बिक्री थाल्ने तयारी गरिरहेको एमजी हेक्टर टोमहक ईभीको स्पेयर पार्ट्सको मूल्यसूची सार्वजनिक गरेको हो । कम्पनीले यसअघि विण्डसर र कोमेट ईभीको स्पेयर पार्ट्सको पनि मूल्यसूची प्रकाशित गरेको थियो ।

कम्पनीले बिक्रीपछिको सेवालाई पारदर्शी बनाउन मूल्यसूची सार्वजनिक गरेको हो । यसमार्फत गाडी स्वामित्वलाई अझ सहज, किफायती र पारदर्शी बनाउने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

अहिले बजारमा उपलब्ध अधिकांश ईभी ब्राण्डका ग्राहकले स्पेयर पार्ट्सको आधिकारिक मूल्य नै थाहा नपाउने अवस्था छ । ग्राहकले सर्भिस सेन्टरमा तोकिएको मूल्य तिर्नुपर्ने बाध्यता छ । तर, जीओले भने आफूलाई अरुभन्दा फरक देखाउँदा पारदर्शी रुपमा स्पेयर पार्ट्सको मूल्यसूची सार्वजनिक गरेको हो ।

कम्पनीले टोमहक ईभीमा लाग्ने २४ वटा स्पेयर पार्ट्सको मूल्य प्रकाशित गरेको छ । प्रकाशित मूल्यसूची अनुसार स्पेयर पार्टसको मूल्य न्यूनतम १ हजार ५४८ रुपैयाँदेखि ६१ हजार ५६० रुपैयाँसम्म रहेको छ ।

टोमहक ईभीको हेडल्याम्प एलएचरआरएचको ६१ हजार ५६० रुपैयाँ, फ्यान मोटर एसेम्ब्लीको ४५ हजार ५६६ रुपैयाँ, एसी कन्डेन्सको ३० हजार रुपैयाँ, रेडिएटर ( एसेम्ब्ली)को २४ हजार २४० रुपैयाँ, ब्रेक प्याड ( फ्रन्ट डिस्क ब्रेक)को २२ हजार ६५३ रुपैयाँ, फ्रन्ट विन्डशिल्डको २१ हजार २५७ रुपैयाँ, टेल ल्याम्प (बडी साइड)को २० हजार रुपैयाँ तोकिएको छ ।

यस्तो छ टोमहक ईभीको स्पेयर पार्ट्सको मूल्यसूची

१. हेडल्याम्प एलएच/आरएच – रू. ६१,५६०
२. फ्यान मोटर एसेम्ब्ली – रू. ४५,५६६
३. एसी कन्डेन्सर – रू. ३०,०००
४. रेडिएटर – एसेम्ब्ली – रू. २४,२४०
५. ब्रेक प्याड – फ्रन्ट डिस्क ब्रेक – रू. २२,६५३
६. फ्रन्ट विन्डशिल्ड – रू. २१,२५७
७. टेल ल्याम्प (बडी साइड) एलएच/आरएच – रू. २०,२६५
८. आउटसाइड रियर भ्यू मिरर एलएच/आरएच – रू. १७,६५९
९. ब्रेक प्याड – रियर डिस्क ब्रेक – रू. १७,४३३
१०. फ्रन्ट शॉक अब्जरभर एलएच/आरएच – रू. १६,१११
११. रियर ग्लास – रू. १५,२४७
१२. टाई रड आरएच/एलएच एस्सी – रू. १४,४९३
१३. रोटर डिस्क – फ्रन्ट ब्रेक – रू. १२,८५५
१४. फ्रन्ट बम्पर अपर – रू. १२,७३८
१५. फ्रन्ट फेन्डर आरएच/एलएच – रू. १२,४१९
१६. मोल्डिंग – रियर बम्पर – रू. १२,१९०
१७. रियर बम्पर लोअर – रू. ११,०९३
१८. रोटर डिस्क – रियर ब्रेक – रू. ११,०११
१९. फ्रन्ट बम्पर लोअर – रू. ९,७०५
२०. लिंक रड – फ्रन्ट स्टेबिलाइजर – रू. ६,२८६
२१. लिंक रड – रियर स्टेबिलाइजर साफ्ट – रू. ६,०४१
२२. रियर बम्पर साइड एलएच/आरएच – रू. ४,७६९
२३. वाइपर ब्लेड आरएच/एलएच – रू. १,८१६
२४. एसी फिल्टर – रू. १,५४८


Back_to_top