बजाजले आफ्नो चर्चित मोटरसाइकल पल्सर १५० मा व्यापक परिवर्तन सहित बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीले आफ्नो सर्वाधिक बिक्री हुने मोडललाई भारतीय इमिशन स्टायडर्ड बीएस ६ इन्जिनमा ल्याउने तयारी गरिरहेको हो ।
यस्तो इन्जिनसँगै कम्पनीले अन्य कुन कुन फिचरमा परिवर्तन गर्दैछ भन्ने विषयमा चासो हुनु स्वभाविक हो । त्यसैले हामीले नयाँ पल्सर १५० मा हुने परिवर्तनका विषयमा जानकारी दिने प्रयास गरेका छौ ।
१. हेडल्याम्पमा परिमार्जनः कम्पनीले आफ्नो परिमार्जित पल्सर १५० मा हेडल्याम्पमा केही परिवर्तन गरेको छ । साथै बढीमा केही परिमार्जन गरेको परिक्षणको क्रममा देखिएको हो ।
२. पहिलेको तुलनमा राम्रो रोक्न सक्ने क्षमताः सिंगल च्यानल एबीएस सहित आउने नयाँ पल्सर १५० मा पहिलेको भन्दा उत्कृष्ट ब्रेकिङ पावर रहने छ । अगाडिको पाङ्ग्रामा सिंगल च्यानल डिस्क ब्रेक र पछाडिको चक्कामा ड्रम ब्रेक दिइएको छ । साथै यसमा स्पीड सेन्सिङ रिङसमेत लगाईने छ ।
३. अन्य परिवर्तनः कम्पनीले नयाँ पल्सर १५० मा इन्जिनको अलावा फुटपेजमा परिर्वतन गरेको छ । व्ल्याक बेली प्यान र व्ल्याक ग्रयाव रेल यसमा दिइएको छ । हेडल्याम्प, फिउल ट्याङ्क र पछाडिको लाईट सेक्सनमा समेत परिवर्तन हुने अनुमान गरिएको छ ।
४. इन्जिनमा परिवर्तनः कम्पनीले भारतीय प्रदुषण मापदन्ड बीएस ६ अनुसारको २ किसिमको इन्जिन रहने यो बाइकमा १४९ सीसी ४ स्टोक, कार्बुरेटेड र फिउल इन्जेक्टेड इन्जिन रहने छ । जसले १३.८ बीएचपी पावर र १३.४ एनएम टर्क प्रदान गर्नेछ ।
५. सार्वजनिक हुने मितिः कम्पनीले २०२० पल्सरको रुपमा परिक्षण गरिरहेको बाइक दिपावलीको आसपासमा सार्वजनिक हुने अनुमान गरिएको छ ।


