महिन्द्रा बोलेरोमा थपियो यी नयाँ सुरक्षा फिचर

महिन्द्राले बलेरो एसयुभीमा विभिन्न विशेषता थप गरेको छ  । कम्पनीले भारतमा लागु हुने नयाँ सुरक्षा सम्बन्धी नीति बमोजिम बोलेरोमा नयाँ सुरक्षा सुविधा  प्रदान गरेको हो ।

बोलेरो पावर प्लस र ९ सिट बोलेरो प्लसमा एयर ब्याग, एबीएस, रियर पार्किङ सेन्सर, ड्राइभर र फ्रन्ट प्यासेन्जरको लागि सिटवेल्ट रिमाइन्डर, स्पीड वार्निङ सिस्टम र म्यानुअल ओभर राइड लगायतका विशेषता  प्रदान गरेको छ  । यी मोडलमा न्यु स्टेयरिंग ह्वील युनिटको विशेषता समेत उपलब्ध रहेको छ । 

महिन्द्राले बोलेरो ७ सिटरको एलएक्स, इएक्स, एसएलइ, एसएलइ र जेडएलएक्स भेरियन्टमा उक्त विशेषता थपेको हो । यी मोडलमा २.५ लिटर फोर सिलिन्ड डिजेल इन्जिन दिएको छ । यसले ६३ बीएचपी पावरका साथै १९५ एनएम टर्क उत्पादन गर्छ । ९ सिटर बोलेरो प्लसमा समेत उक्त विशेषता प्रदान गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीले ७ सिटर बोलेरो पावर प्लसमा पनि समान विशेषता प्रदान गरेको छ । कम्पनीले यसमा उपलब्ध इन्जिनलाई बिएस ६ अनुरुप परिमार्जन गर्ने तयारी गरेको छ ।  यो मोडलमा  उपलब्ध १.५ लिटर थ्रि सिलिन्डर, टर्बाे डिजेल इन्जिनले ७१ बीएचपी पावरका साथै १९५ एनएम टर्क उत्पादन गर्छ । परिमार्जित बोलेरो एसयूभीको मूल्य हालको भन्दा  ३० देखि ५० हजार भारु बढी पर्न आउने अनुमान लगाइएको छ । 


Back_to_top