बजाजको नयाँ माेटरसाइकल सार्वजनिक, माइलेज १०४ किलोमिटर

बजाजले भारतमा सार्वधिक बिक्री हुने आफ्नो बाइक सिटी–११० लाई अपग्रेड गरेर सार्वजनिक गरेको छ । पुरानो सिटी १०० को वेसमा बनाएको भएपनि विल्कुलै फरक लुक्समा ल्याएको हो । 

 यसमा ट्यांक प्याड र नयाँ ग्राफिक्स समावेश गरिएको छ भने इन्जिन, गियरबक्स, फोर्क, ह्विल्स, ह्यान्डलबार र बार ग्रयाव रेललाई कालो रङ दिइएको छ । 

टेलेस्कोपिक फर्क र साइड मिररको लागि रबर कभर राखिएको छ । यस बाइकको अर्को मुख्य विशेषता सेमी नाभी टायर हो । उक्त टायर जुनसुकै बाटोमा गुडाउन उत्कृष्ट मानिन्छ । 

बाइकमा ११५ सीसीको इन्जिन जडान गरिएको छ । जसले ८.६ बीएच पावर र ९.८१ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ४ स्पिड गियरबक्स समावेश गरिएको छ । सिटी ११० को दुबै टायरमा ड्रम ब्रेक दिइएको छ । बजाजको कम्बाइन्ड ब्रेकिङ सिस्टम भने यसमा उपलब्ध रहेको छ । 

अटोमोटिभ रिचर्स एसोसिएसन अफ इन्डिया (एआरएआई)का अनुसार बजाज सीटी ११० बाइकको माइलेज १०४ किलोमिटर प्रतिलिटर रहेको छ । बजाजको सो बाइक तीन रङमा उपलब्ध रहेको छ । 


Back_to_top