मारुती सुजुकीले भारतीय बजारमा कन्सेप्ट फ्युचर एसमा आधारित एस प्रेसो माइक्रो एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यस मोडलमा बीएस ६ मापदन्ड अनुरुप १.० लिटर पेट्रोल इन्जिन दिइएको जनाएको छ ।
एस प्रेशोलाई कम्पनीले अगस्टको अन्तिम सातादेखि सेप्टेम्बरको पहिलो सातासम्ममा बजारमा उतार्ने कम्पनीले जनाएको छ ।
२०१८ को अटो एक्स्पोमा प्रदर्शन गरिएको यो मोडलमा हाइ ग्राउन्ड क्लियरेन्स, अपराइट फ्रन्ट फेसिका, सर्ट बोनेट स्ट्रक्चर, टल पिलर, स्पेसियस इन्टीरियर, र्यापराउन्ड हेडल्याम्पसँगै एलइडी डिआरएलएस, रेक्ट्याङ्गुलर टेल ल्याम्प, लगायतका विशेषता दिइएको छ ।
यसमा राउन्ड सेप डिजीटल इन्स्ट्रुमेन्ट क्लस्टर र आकर्षक इन्फोटेनमेन्ट सिस्टमको विशेषता दिइएको छ । यसको इन्जिनमा पाँच स्पीड म्यानुअल र पाँच स्पीड एएमटी दिइएको छ । एस प्रेओ लाइटवेट हर्टटेक प्लाटफर्ममा निर्माण भएको कम्पनीले जनाएको छ ।

