काठमाडौं । बजाज अटोले भारतीय बजारमा १२५ सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीका कार्यकारी निर्देशक राजिब बजाजले चाँडै नै मिड सेग्मेन्टमा आधारित नयाँ मोटरसाइकल अगस्टमा बजारमा आउने बताएका हुन् ।
उनले, डिस्कभर रेन्ज मोटरसाइकलको ब्यापार घटिरहेको अवस्थामा कम्पनीले १२५ सीसी सेग्मेन्ट नयाँ मोटरसाइकल ल्याउने रणनीति बनाएको बताए । मिड सेग्मेन्ट मोटरसाइकल पल्सर रेन्जमा आउने अनुमान गरिएको छ ।
नयाँ मोटरसाइकल भारतमा लागु हुने नयाँ इमिशन मापदन्ड बीएस ६ अनुरुपको इन्जिनमा आउने छ । १२४.५ सीसी, डीटीएसआई फ्युल इन्जेक्शन टेक्नोलोजीमा आधारीत हुनेछ । उक्त इन्जिनले ७ हजार ५ सय आरपीएममा ११ पीएस पावर र ५५ सय आरपीएमा ११ एनएम टर्क उत्पादन गर्छ ।
बजाजले पछिल्लो दिनमा आफ्नो उत्पादनमा केही नयाँ र फरक पन दिन काम गरिरहेको जनाईएको छ । कम्पनीले रेगुलर मोडलका मोटरसाइकलमा व्यापक परिर्वतन गर्ने तयारी गरिरहेको छ । कम्पनी २०१९ का अन्त्यसम्ममा आफ्ना रेगुलर मोडलमा परिवर्तन र करिब ५ वटा नयाँ मोडल बजारमा ल्याउने जनाएको छ ।
नयाँ मोडलमा बजाजको १२५ र २५० सीसी सेग्मेन्टमा नयाँ मोडल आउने छ भने हस्कभर्ना र केटीएमको अन्य ३ नयाँ मोडल ल्याउने जनाइएको छ ।
भारतीय बजारमा हस्कभर्ना र केटीएमका बाइक उत्पादन बजाजले गर्दै आएको छ ।

