अल न्यू अपाचे आरटीआर २०० फोरभी बिक्री सुरू, यस्तो छ मूल्य

काठमाडौं । नेपाली बजारमा टीभीएसको अपाचे सिरिजमा नयाँ मोटरसाइकल सार्वजनिक भएको छ ।

नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले अल न्यू अपाचे आरटीआर २०० फोरभी मोटरसाइकलको बिक्री सुरू गरेको हो ।

कम्पनीले काठमाडौंको भृकुटिमण्डपमा जारी टीभीएसको ‘अचम्मैको महा एक्सचेन्ज’ मेलाको अवसरमा नयाँ अपाचे आरटीआर २०० फोरभी लन्च गरेको हो ।

कम्पनीले अल न्यू अपाचे आरटीआर २०० फोरभीको मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँ तोकेर बिक्री थालेको हो । नयाँ आरटीआर २०० ले टीभीएसको पुरानो रेसिङ बिरासतलाई निरन्तर्ता दिएको छ । जसले मोटरसाइकललाई निकै स्पोर्टी लुक प्रदान गर्छ ।

मोटरसाइकमा १९७.७५ सीसीको सिंगल सिलिण्डर, फोर स्ट्रोक, फोर भल्ब, आयल कुल्ड, एसआई, एसओएचसी, एफआई इन्जिन छ । यो इन्जिनले अधिकतम २०.८२ पीएस पावर र १७.२५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स पाइन्छ । यसले जेनेरेट गर्ने पावर राइड मोड अनुसार फरक रहेको छ ।

मोटरसाइकलमा रेसट्युन गरिएको एड्जस्टेबल अपसाइड डाउन यूएसडी फोर्क र प्रिलोड एड्जस्टेबल मोनोसक सस्पेन्सन, कलरफुल अलोय ह्वील, डुअलच्यानल एबीएस, प्रोजेक्टर हेडलाइट, पूरा एलईडी लाइट सेटअप, ट्र्याक्सन कन्ट्रोल सिस्टम, राइडिङ मोडहरू, स्लिपर क्लच र ५ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ । जसमा टीभीएस एक्स स्मार्ट कनेक्ट सिस्टम पनि उपलब्ध छ । जसमा राइडरलाई आवस्यक पर्ने सम्पूर्ण सुविधा प्रयोग गर्न सकिन्छ ।

त्यसैगरी, नयाँ अपाचे आरटीआर फोरभीमा प्यानिक ब्रेक अलर्ट फिचर उपलब्ध छ । जसले आकस्मिक रूपमा कडा ब्रेक लगाउँदा पछाडिबाट आउने अन्य सवारीलाई सचेत गराउन सहयोग गर्छ ।

साथै, यसमा ग्लाइड थ्रो टेक्नोलोजी, आरएलपी, एडजस्ट क्लच एण्ड ब्रेक लिभर पनि दिइएको छ । मोटरसाइकललाई थप आकर्षक बनाउन टीभीएसले नयाँ कलर विकल्पहरू समेत थपेको छ ।


Back_to_top