बाढी प्रभावितलाई होण्डा मोटरले डेढ करोड सहयोग गर्ने

काठमाठौं । एसियन होण्डा मोटर कम्पनी लिमिटेडले नेपालका बाढी प्रभावितको राहतका लागि १ लाख अमेरिकी डलर (करिब १ करोड ५३ लाख रुपैयाँ) सहयोग गर्ने भएको छ ।

होण्डाको एसिया तथा ओसियानिया क्षेत्रीय मुख्यालयका रूपमा रहेको एसियन होण्डा मोटरले भदौ १० गतेको भोटेकोशी बाढी प्रभावितको राहत तथा पुनस्थापनका लागि उक्त सहयोग गर्ने भएको हो ।

कम्पनीले उक्त रकम थाइ रेड क्रस सोसाइटी र नेपालमा सक्रिय अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सन्जालमार्फत उपलब्ध गराउने जनाएको हो ।

बाढी प्रभावित समुदायलाई राहत तथा आवश्यक सहयोग पुर्याउने उद्देश्यले यो रकम प्रदान गर्न लागिएको कम्पनीले जनाएको छ ।

एसियन होण्डा मोटर होण्डाको एसिया तथा ओसियानिया क्षेत्रका लागि क्षेत्रीय मुख्यालय हो । कम्पनीले प्राकृतिक विपत्तिबाट प्रभावित समुदायको राहत प्रयासमा सहयोग पुर्याउने उद्देश्यले उक्त योगदान गरेको जनाएको छ ।


Back_to_top