काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले चाडपर्वलाई लक्षित गर्दै ‘चांगान केयर २४×७’ नामक सडक सहायता सेवा सुरू गरेको छ।
कम्पनीले दशैँ, तिहार तथा छठ पर्वलाई चाडपर्वको अवसरमा आफ्ना ग्राहकलाई थप सहज, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले यो योजना ल्याएको हो।
विशेष गरी चाडपर्व मनाउन घर फर्किने वा विभिन्न गन्तव्यतर्फ लाग्ने क्रममा सवारी साधनमा कुनै अप्रत्याशित प्राविधिक समस्या आइपरेमा ग्राहकले तत्कालै सडकमै सहायता सेवा प्राउने छन् ।
कम्पनीका अनुसार ग्राहकले टोइङ, घटनास्थलमै पुगेर मर्मत र २४ सै घण्टा आपत्कालीन सहायता, क्षेत्रीय सेवा पहुँच र समर्पित ग्राहक सहयोग टोली सेवा पाउने छन् ।
यो सेवा अवतार, दीपल र नेभो ब्राण्डका ग्राहकले पाउने छन् । जसमा अवतार ०७ र ११, दीपल एस ०७, एस ०५, ई ०७, एल ०७ र नेभो क्यू ०५ मोडलहरू समावेश छन्।
सवारीसाधनमा अप्रत्याशित समस्या आइपर्दा भरपर्दो सहायता उपलब्ध गराउँदै ग्राहकको सवारी स्वामित्व अनुभवलाई अझ सहज र विश्वसनीय बनाउनु यस पहलको प्रमुख उद्देश्य रहेको कम्पनीको भनाइ छ ।
ग्राहकको सुविधालाई ध्यानमा राख्दै हाल यो सेवा संजाल देशका ११ प्रमुख स्थानहरूमा विस्तार गरिएको छ । दाङ, धनगढी, बिर्तामोड, विराटनगर, नेपालगञ्ज, बुटवल, जनकपुर, वीरगञ्ज, चितवन, पोखरा र ललितपुरको बालकुमारीबाट यो सेवा उपलब्ध हुनेछ।
कुनै पनि समय सडक सहायता आवश्यक परेमा ग्राहकहरूले सिधै ९७०४०२४३६५ मा सम्पर्क गरी सेवा लिन सक्नेछन्।
चाडपर्वको समयमा सुरक्षित र सहज यात्रालाई प्राथमिकता दिँदै कम्पनीले आफ्ना ग्राहकप्रतिको उत्तरदायित्व र विश्वासलाई अझ मजबुत बनाउन यो कदम चालेको बताएको छ।

