काठमाडौं । डेढ महिनादेखि बन्द तातोपानी नाका ३ दिनका लागि खुल्ने भएको छ ।
उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले प्रेस नोट जारी गर्दै कात्तिक १ देखि ३ गतेसम्म खुल्ने जानकारी गराएको हो ।
मन्त्रालयका अनुसार सबैका लागि नभई मालवाहक सवारी साधनलाई मात्र उक्त नाकाबाट आवतजावतको अनुमति दिइएको छ ।
चीनले गत भदौ १४ गतेदेखि बाढिपहिरोको जोखिाम देखाउँदै आकष्मिक रुपमा एकतर्फी नाका बन्द गरेको थियो । त्यसयता नेपाल सरकारले नाका संचालनका लागि पटक पटक पहल गरे पनि चीन खुलाउन इच्छुक देखिएको थिएन ।

