विवाइडीको व्लेड व्याट्रीमा टेस्लादेखि टोयोटासम्मको आँखा, के छ खास ?

काठमाडौं । केही दिनअघि अन्तर्राष्ट्रिय मिडियामा अमेरिकी लग्जरी इलेक्ट्रीक भेहिकल निर्माता कम्पनी टेस्लाले विवाइडीको व्लेड व्याट्री किन्न लागेको समाचार जोडतोडले आयो ।

टेस्लाको नजरमा परेसँगै यो व्याट्रीको गुणस्तरलाई लिएर धेरै चर्चा भइरहेको छ । विवाइडी र टोयोटा मिलेर उत्पादन गरिरहेको कारमा पनि यही व्लेड व्याट्री प्रयोग हुने जनाइएको छ । यी दुई कम्पनीको आँखा परेसँगै विवाइडीको नयाँ व्लेड व्याट्री टेक्नोलोजीले इभी निर्माताहरुलाई सोच्न वाध्य बनाएको छ ।

उसोत टोयोटा संसारमै सबैभन्दा धेरै गाडी बनाउने कम्पनी हो भने टेस्ला इलेक्ट्रीक कारमा सोच बदल्न सफल कम्पनी हो । यस्तोमा यी दुई कम्पनीले नै प्रयोगको लागि चासो देखाएसँगै यसको चर्चा बढ्नु स्वाभाविक हो ।

यो टेक्नोलोजी प्रयोग भएको इलेक्ट्रीक कार नेपाल आइसकेको छ । विवाइडीको नयाँ जेनेरेशन e6 मा यही व्याट्री प्रयोग भएको छ । यसअघि कै जस्ता यो व्याट्री पनि लिथियम आयोन फस्फेट नै हो । तर, यसको साइज व्लेड जस्तो आकारमा आएको हुनाले यसलाई व्लेड प्रविधि भनिएको हो ।

यसको प्रत्येक सेलको लम्बाई ९६ सेमी, चौडाई ९ सेमी तथा उचाई मात्र १.३५ सेमी हुने गर्छ । यसलाई व्याट्री प्याक बनाउँदा लहरै मिलायर राखिएको हुन्छ । यसलाई ‘सेल टु प्याक सिस्टम’मा राख्दा पातलो तथा लामो व्याट्री प्याक बन्छ ।

यो व्याट्रीले परम्परागत लिथियम आयोन फस्फेटको तुलनामा ५० प्रतिशत बढी भोलुमेट्रिक इनर्जी डेन्सीटी प्राप्त हुन्छ । अर्थात् सानो साइजबाटै धेरै इनर्जी प्राप्त गर्न सकिन्छ । यो प्रविधिकाे व्याट्रीले कुल व्याट्रीप्याकको ६० प्रतिशत भालुम ओगट्छ, जबकी पुरानो प्रविधिको व्याट्रीले प्याकको ४० प्रतिशत मात्र प्रयोग गर्थ्याे । यही कारण गाडीको फ्लोरमा राखिने व्याट्रीको साइज घट्नगई ग्राउन्ड क्लियरेन्स धेरै बढ्छ ।

यसका फाइदा

यसको मुख्य फाइदा भनेको चार्जिङ र डिस्चार्जिङ साइकललाई ३ हजार साइकलसम्म पूर्याउनु हो जसको कारण सिंगल व्याट्री प्याकले नै १२ लाख किलोमिटरसम्म इभी गुढ्नेछ ।

यो व्याट्रीलाई फास्ट चार्जरबाट १० प्रतिशतबाट ८० प्रतिशत चार्जगर्न मात्र ३३ मिनेट लाग्ने कम्पनीले दावी गरेको छ । विवाइडीको हान मोडलमा प्रयोग भएको यो व्याट्रीको रेञ्ज सिंगल चार्जमा ६०५ किलोमिटर रहेको एनइडीसीले पुष्टी गरेको छ ।

यो व्याट्रीको अर्को सबल पक्ष भनेको सुरक्षा हो । विवाइडीले एनसीएम, एलपीएफ तथा नयाँ व्लेड व्याट्रीलाई नेल पेनेट्रेसन टेस्ट (सियाले घोचेर गरिने प्रयोग) पनि गरेको छ । जसमा व्लेड व्याट्री खरो उत्रेको थियो । यो व्याट्री नेल पेनेट्रेसन टेस्ट गर्दा यसको ताक्रम ३० देखि ६० डिग्री सेन्टीग्रेट मात्र पुगेको थियो । जसको कारण पड्कने र धुँवा आउने कुनै समस्या नदेखिएको कम्पनी दावी गरेको छ । यी नै करण यो व्याट्रीमा ठूला कार निर्माताहरुको नजर परेको हो ।


Back_to_top