यूरोपियन यूनियनले जर्मन कार उत्पादक कम्पनी फक्सवागेन, बीएमडब्ल्यू र डेमलर एजी, अडी र पोस्र्चले प्रदूषण बढाउनमा साँठ गाँठ गरेको गम्भिर आरोप लगाएको छ । इयूले लगाएको आरोप अनुसार यी कम्पनीहरुले सवारी प्रदूषण कम गर्न विकास भएको प्रविधि नै लुकाएका हुन् ।
यी पाँच कम्पनीले आपसी साँठ गाँठ गरेर प्रदुषणसँग जोडिएको नयाँ टेक्नोलोजीको प्रयोगमा रोक लगाएको संघीन आरोप यूरोपेली यूनियनको छ । सर्किल अफ फाइभको नामले परिचित कम्पनी फक्सवागेन, बीएमडब्ल्यू, डेमलर इजी, अडी र पोस्र्चले २००६ देखि २०१४ को बीचमा दुई वटा इमिशन क्लिनिङ सिस्टम बजारमा आउन नदिएको इयूको दाबी छ ।
यूरोपियन यूनियनको शिर्ष प्रतिस्पर्धा अधिकारी मारग्रेट वेस्टारले भने ‘कम्पनीहरु आफ्नो उत्पादनमा सुधार ल्याउन समझदारी गर्न सक्छन् । तर, गुणस्तर कमजोर गर्न कुनै पनि सम्झौंता गर्न सक्दैनन् । यसो गर्नु यूरोपियन यूनियनको एन्टी ट्रस्ट कानुन उल्घंन हो । यसले यूरोपियन क्षेत्रमा बस्ने उपभोक्ताले उत्कृष्ट गाडी चढ्नबाट बञ्चीत हुनु पर्यो ।’
यूरोपियन यूनियनका अनुसार जुन टेक्नोलोजीमा यी कम्पनीले मिलेर रोक लगाए त्यसले डिजेल कारबाट उत्र्सजन हुने हानीकारक नाइट्रोजन अक्साईड रोक्ने काम गथ्र्यो । दोस्रो टेक्नोलोजीले पेट्रोल कारबाट उत्सर्जन हुने हानीकारक ग्यास उत्पादन घटाउने थियो ।
यी दुई टेक्नोलोजीलाई रोक लगाउँदा पर्यावरणमा समेत निकै ठूलो असर पुगेको यूनियनको भनाइ छ । अब यी कम्पनी माथि कारवाहीको प्रकृया सुरु भएको छ । यद्यपी यी कार उत्पादक कम्पनीहरुलाई आफ्नो भनाइ राख्न दिने यूनियनले जनाएको छ ।
यसअघि भएका विभिन्न डिजेल स्क्यान्डलमा फसेको फक्सवागेनले प्रदूषण मापदन्ड पास गर्न आफुले कारमा चीट सफट्वयर लगाएको स्वीकार गरिसकेको छ । जसले गर्दा फक्सवागेनले संसारभरबाट आफ्ना कार फिर्ता लिनुको साथै अर्बौ डलर जरिवाना समेत तिरिसकेको छ । अब पुनः नयाँ तथ्य सार्वजनिक भएसँगै विश्व अटो बजारमा नयाँ तरङ्ग सृजना भएको छ ।
विगतमा जस्तै आरोप प्रमाणित भए उक्त ५ सवारी उत्पादक कम्पनीहरुले अर्बौ डलर क्षतिपूर्ति तिर्नुपर्ने छ ।


