हार्लेको टेष्टराइड सम्पन्न

काठमाडौं । अमेरिकी बाइक हार्ले डेभिड्सनको नेपालका लागि आधिकारीक वितरक आइएमइ अटो मोटिभ्सले हार्ले डेभिड्सन बाइक फेष्ट सम्पन्न गरेको छ ।

गत शनिबार नक्साल स्थित जेनेसिस क्याफेमा आयोजित उक्त बाइक फेष्टमा हार्ले डेभिड्सन बाइकको उत्सुकहरुले बाइक टेष्टराइड गरेका हुन् । 

हार्लेको आइरन ८८३ टेष्ट राइडको लागि राखिएको थियो । साथै हार्लेको विभिन्न कपडा तथा मर्चेन्डाइज, पार्टस, एसोसरिजको समेत जानकारी लिने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ ।

हार्ले डेभिड्सनका उत्सुकहरु सँग अनुभव आदान प्रदान गर्न तथा हार्लेको बारेमा जानकारी प्रदान गर्ने हेतुले यो आयोजना गरेको आइएइ अटोमोटीभ्स अन्र्तगत हार्ले डेभिड्सन हेड उज्वल जोशिले जानकारी दिए । आगामी दिनमा समेत यस्तो आयोजना गर्दै जानेसमेत कम्पनीले बताएको छ । 

काठमाडौं गैह्रिधारा स्थित नेपालका लागि हार्ले डेभिड्सन एकमात्र अन्तराष्ट्रिय स्तरको शोरुम सचांलनमा रहेको छ । कम्पनीले उक्त शोरुमबाट थ्रीएस सेवा प्रदान गरिरहेको छ । हाल नेपालमा २० देखि २५ हार्लेको बाइक रहेको पाइन्छ । 


Back_to_top