१० दिन नबित्दै निगमले फेरि बढायो डिजेल, पेट्रोल र मट्टीतेलको भाउ

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । गतहप्ता मात्रै पेट्रोलियम पदार्थको भाउ बढाएको निगमले १० दिन नबित्दै पुनः मूल्य वृद्धि गरेको हो ।

निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेलमा समान १/१ रुपैयाँ मूल्य वृद्धि गरेको छ ।

निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ पुगेको छ ।

निगमले यसअघि असार १७ गतेदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर ५, डिजेल र मट्टितेलको मूल्यमा समान २९२ रुपैयाँले वृद्धि गरेको थियो ।

खाना पकाउने ग्यास तथा हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।


Back_to_top