यामाहा रेजेड आर र फसिनो बीएस ६ स्कुटरमा ६ हजार नगद छुट

काठमाडौं । यामाहाको लागि आधिकारीक वितरक एमएडब्ल्युले आफ्ना दुई नयाँ स्कुटरमा ६ हजार नगद छुट दिने योजना सार्वजनिक गरेको छ । कम्पनीले बीएस ६ मोडलका स्कुटरमा ६ हजार छुट दिने योजना सार्वजनिक गरेको हो ।

कम्पनीले यामाहा फसिनो १२५ एफआई र रेजेड आर १२५ एफआई बीएस ६ मोडलको बिक्री सुरु गरेको थियो । यी दुवै स्कुटरमा सेग्मेन्ट फष्ट फिचर रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको एक्सचेन्ज अफर मार्फत यामाहा एफआई स्कुटर किन्न चाहने ग्राहकले जुनसुकै ब्रान्डका स्कुटर तथा मोटरसइकलमा बजार मूल्यभन्दा १५ हजार थप मूल्यांङक दिनेसमेत कम्पनीले जनाएको छ ।

अल न्यू फेसिनो १२५ पुरानो ११० सीसी क्षमताको फेसिनोको तुलनामा ३० प्रतिशत पावर बढी प्रदान गर्ने छ । साथै यसले १६ प्रतिशत बढी माइलेज प्रदान गर्छ ।

नयाँ फेसिनो १२५ मा स्मार्ट मोटर जेनेरेटर (एसएमजी) पनि जडान गरिएको छ, जसले विद्युतीय नियन्त्रणहरु प्रयोग गरेर बटनलाई दवाब दिने बित्तिकै सजिलै इन्जिन सुचारु गराउँछ । अन्तर्राष्ट्रिय बजारमा यामाहा सिरिजहरुमा भए जस्तै साइड स्ट्याण्ड इन्जिन कट-अफ स्वीच पनि यसमा रहेको छ ।

यो स्कुटरमा यूबीएस ब्रेकिङ्ग सिस्टमका साथ फ्रन्टमा डिस्क ब्रेक रहेको छ । यसमा रहेको नयाँ विशेषताहरु र प्रविधिहरुका साथ साथै फेसिनो १२५ एफआईको बनावट क्लासिक युरोपियन स्टाइलमा रहेको छ ।

फेसिनो १२५ एफआई नेपाली बजारमा बिभिन्न ५ रङ्गहरुमा उपलब्ध रहेको छ । यसको मूल्य २ लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ ।

दुबै स्कुटरमा समान १२५ सीसी, एयर कुल्ड, ४ स्ट्रोक, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ६५०० आरपीएममा ८.२ पीएस पावर तथा ५००० आरपीएममा ९.७ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटर ०-६० को स्पीड मात्र ७.५९ सेकेन्डमा भेट्छ ।

यसमा ट्युवलेस टायर दिइएको छ भने, फ्रन्ट टायरमा १९० एमएमको डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक उपलब्ध रहेको छ । फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन र रियरमा स्वीङ यूनिट रहेको छ ।

रेजेड आर १२५ मा फसिनोमा रहेको धेरै फिचर समान रहेका छन् । साइड स्यान्ड इन्जिन किल सेन्सर, अटोमेटीक इन्जिन स्लिपरअन जस्ता फिचर यसमा ग्राहकले पाउने छन् ।

कम्पनीले यसको मूल्य २ लाख ५४ हजार ९०० रुपैयाँ तोकिएको छ ।


Back_to_top