एकैपटक ४०% घट्यो अल्ट्राभोइलेट मोटरसाइकलको मूल्य


काठमाडौं । प्रिमियम इलेक्ट्रीक मोटरसाइकल कम्पनी अल्ट्राभोइलेटको एक्स-४७ मोटरसाइकलको मूल्य एकैपटक ४० प्रतिशत घटेको छ ।

कम्पनीले उक्त मोटरसाइकलमा ब्याट्री एज ए सर्भिस (बास) ल्याएसँगै मूल्यमा भारी गिरावट आएको हो ।

यसअघि एक्स ४७ को मूल्य २ लाख ४९ हजार भारु (एक्स शोरुम) थियो । बास सिस्टम लागू भएसँगै यसको मूल्य १ लाख घटेर १ लाख ४९ हजार रुपैयाँ कायम भएको छ ।

यद्यपि, बास सिस्टममा मोटरसाइकल किन्दा ब्याट्री भने भाडामा लिनुपर्ने हुन्छ । यसमा ग्राहकले मासिक २ हजार ४९९ भारतीय रुपैयाँ तिरेर ब्याट्री प्रयोग गर्न सक्छन् ।

यसको मसिक किस्ता मोडल अनुसार ४ हजार ८२० रुपैयाँसम्म रहेको छ । यसको बास सिस्टम अन्य ब्राण्डको भन्दा फरक रहेको छ । ५ वर्षसम्म ब्याट्री रेन्टल बुझाएसँगै ब्याट्री मोटरसाइकलधनीकै हुनेछ । यसमा अन्य कुनै खर्च नलाग्ने कम्पनीले बताएको छ ।

यस्तो छ मोटरसाइकल

अल्ट्राभोइलेट एक्स-४७ अल्ट्राभोइलेट एफ-७७ कै जस्तो हेडलाइट र अन्य इलेमेन्सहरू प्रयोग भएको छ । एड्भेन्चर डिजाइनमा रहेका यो मोटरसाइकलमा ठूलो विन्डस्क्रीन, नकल गार्डसहितको अग्लो ह्याण्डलबार सेटअप, सिंगल पिस सिट उपलब्ध छ ।

अल्ट्राभोइलेट एक्स-४७ मा कम्पनीले दुई क्यामेराहरू पनि दिएको छ । यसलाई अगाडि र पछाडि सेटअप गरिएको छ । क्यामाराले ड्यासक्यामको रूपमा काम गर्ने र यसले एडासलाई समेत सहयोग पुर्याउँछ ।

निकै एड्भान्स टेक्नोलोजीमा निर्माण गरिएको मोटरसाइकलमा हाइपरसेन्स नामक राडार असिस्टेड सिस्टम र एडास फिचर दिइएको छ । यसले चालकलाई निकै सहायता प्रदान गर्छ ।

मोटरसाइकलमा स्विच गर्न मिल्ने डबल च्यानल एबीएस, ४ लेभलको ट्रयाक्सन कन्ट्रोल, धेरै कुराको डिटेल्स हेर्न सकिने डबल डिस्प्ले, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, हिल होल्ड असिस्ट, डाइनामिक स्ट्याबलिटी कन्ट्रोल सिस्टम पनि छ । यी सबै सिस्टम डिस्प्लेमा सहजै कन्ट्रोल गर्न सकिने छ ।

एक्स ४७ मा ३० किलोवाटको इलेक्ट्रीक मोटर दिएको छ । यसले ६१० एनएमको टर्क जेनेरेट गर्छ । यसको टप स्पीड १४५ किलोमिटर प्रतिघण्टा छ, यसले मात्र २.७ सेकेण्डमा ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ ।

यसको रिकन र डेजर्ट विङ भेरियन्ट १०.३ किलोवाट आवरको ब्याट्रीप्याकमा छ । यसले एकपटकको फुलचार्जमा ३२३ किलोमिटरसम्म रेन्ज दिने छ । त्यस्तै, अन्य दुई भेरियन्टमा भने ७.१ किलोवाट आवरको ब्याट्री छ । यसको रेन्ज २११ किलोमिटर रहेको छ । यो ब्याट्री बीएमसी (ब्याट्री व्यवस्थापन प्रणाली) मा पेटेन्ट गरिएको पाँच स्तरको सुरक्षा प्रणाली मेकानिकल, थर्मल, इलेक्ट्रीकल, इलेक्ट्रोनिक र सफ्टवेयर सुरक्षाको साथ आउँछ।

कम्पनीले मोटरसाइकलमै पहिलो पटक १.६ किलोवाटको अनबोर्ड एयर कुल्ड प्रोटेक्टिभ चार्जरको प्रयोग गरेको छ । यसको चार्जर मोबाइलहरूमा पाइने चार्जर जस्तै एकदमै हलुका छ । यसको मतलब भारी चार्जर बोक्नु पर्दैन । यसमा बोक्न पर्ने भनेको चार्जिङ केबल मात्र हो, जुन सजिलै खल्तीमा फिट हुन्छ।


Back_to_top