सानेपाबाट कबाडी बोकेका १० वटा ट्रक नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल ललितपुरको सानेपाबाट कबाडी बोकेका १० वटा ट्रक नियन्त्रणमा लिएको छ।

आवश्यक कागजपत्रबिना कबाडी लोड गरेर उपत्यकाबाहिर जान लागेका ती ट्रकलाई सानेपाबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार ना ५ ख ६६७१, ना ८ ख ६२५३, ना ७ ख ९९८, ना ६ ख ९४९७, ग २ ख ५३९, प्र२-०३-००१ख ४७३८, लु २ ख ५१०५, प्र२- ०३-००१ख ५६१९ र ना ६ ख ५६१ नम्बरका ट्रकलाई नियन्त्रणमा लिइएको हो।

ती ट्रकलाई आवश्यक अनुसन्धानका राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ ।


Back_to_top