‘नाडा अटो शो’ फेब्रुअरी २१ देखि हुने

काठमाडौं । अटो मोबाइल क्षेत्रको महाकुम्भ मेला नाडा अटो शो आगामी फेब्रुअरी २१ देखि २६ तारिख ( फागुन ९ देखि १४  गते )सम्म आयोजना हुने भएको छ ।

अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले १५ औं संस्करणक अटो शो माघमा गर्ने गरी नयाँ मिति तोकेको हो ।

यसअघि नाडाले भदौ २६ गते अटो शो गर्ने मिति तोकेको भए पनि हुन सकेको थिएन । नाडा अटो शो २ वर्षपछि  हुन लागेको हो । गत वर्ष कोरोनाका कारण अटो शो हुन सकेको थिएन ।

१४ औं संस्करणको २०७६ भदौ १० गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा भएको थियो ।


Back_to_top