हिरोका मोटरसाइकल र स्कुटर किन्दा व्याज नलाग्ने, यस्तो छ एक्सपल्सको मासिक किस्ता

काठमाडौं । हिरोको नेपालको लागि आधिकारीक विक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले आफ्नो कुनै पनि मोटरसाइकल र स्कुटरको खरिदमा ब्याज नलाग्ने स्कीम दिइरहेको छ । कम्पनीले केही दिनअघि सार्वजनिक गरेको दशैं स्कीममा हिरोका मोटरसाइकल र स्कुटर खरिदमा ब्याज नलाग्ने अफर ल्याएको हो ।

तर, व्याज नलाग्ने स्कीम उपभोग गर्न उपभोक्ताले ५० प्रतिशत रकम डाउन पेमेन्ट भने गर्नु पर्ने हुन्छ । डाउन पेमेन्टपछि वाँकी रहेको रकमलाई १८ किस्तामा मासिकरुपले बुझाउनु पर्छ ।

हिरोले नेपालमा विक्री गर्दै आएको हिरो एक्सपल्स २०० र स्प्लेन्डर मोडल निकै लोकप्रिय रहेको छ । त्यसैले कम्पनीले ल्याएको यो स्कीममा हिरो एक्सपल्स २०० किन्दा लाग्ने शुल्क र मासिक किस्ताको बारेमा विस्तृत चर्चा गर्ने छौं ।

हिरो एक्सपल्स २०० को हालको मूल्य ४ लाख २ हजार रुपैयाँ रहेको छ । ब्याज नलाग्ने स्कीममा मोटरसाइकल किन्दा ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । ५० प्रतिशत बराबरको मूल्य २ लाख १ हजार डाउन पेमेन्ट गर्नु पर्छ ।

यसका अलावा ग्राहकले दुई वर्षको इन्स्योरेन्स अग्रिम गर्नु पर्ने हुन्छ । सो वापतको मूल्य २० हजार रुपैयाँ सुरुवातमा नै तिर्नु पर्नेछ । त्यसैगरी कर्जा प्रोसेस वापत २ प्रतिशतले हुन आउने ८ हजार ४० रुपैयाँ अतिरिक्त बुझाउनु पर्नेछ ।

हिरोले फाइनान्स सुविधामा विक्री गर्ने हरेक मोटरसाइकल तथा स्कुटरमा जडान गर्ने जिपिएस डिभाइसको मूल्य ग्राहकले नै बुझाउनु पर्ने हुन्छ । यसरी डाउनपेमेन्ट, जीपीएस डिभाइस, इन्स्योरेन्स र सर्भिस चार्ज गरेर जम्मा हुन आउने २ लाख ३५ हजार ४० रुपैयाँ बुझाएर हिरो एक्सपल्स २०० ग्राहकले खरिद गर्न सक्नेछन् ।

५० प्रतिशत बाँकी रकम ग्राहकले १८ महिनाको किस्तामा ब्याज तिर्नु नपर्ने गरी मासिक रुपमा तिर्नु पर्ने हुन्छ । बाँकी रहेको २ लाख १ हजार १८ महिनाको मासिक किस्तामा तिर्दा ग्राहकले ११ हजार १ सय ६६ रुपैयाँ मासिक तिुर्न पर्ने हुन्छ ।


Back_to_top