बजाज पल्सर–२२० एफमा हुँदैछ, चार परिमार्जन

भारत सरकारले सन् २०२० मा कार्यान्वयनमा ल्याउने भएको नयाँ इमिशन मापदन्ड बमोजिम बजाज कम्पनीले पल्सर रेन्जका मोडललाई परिमार्जन गर्ने तयारी छ । कम्पनीका म्यानेजिङ्ग डाइरेक्टर राजीव बजाजले सवारी प्रदूषण नीतिमा परिवर्तन भएसँगै पल्सर रेन्जका मोडललाई नयाँ अवतारमा उतार्ने बताएका हुन् । 

कम्पनीले हाल बजाज पल्सर २२०–एफ एबीएसको परीक्षण गरिरहेको छ । यसकासाथै यस मोडलमा हुने सम्भावित केही परिमार्जन यस्ता छन् । 

डिजाइन 

बजाज कम्पनीकाअनुसार यस मोडलको डिजाइनमा परिवर्तन हुने छ । कम्पनीले हाल उत्पादन भैरहेका अन्य मोडलमा उपलब्ध प्रोजेक्टर स्टाइल हेडलाइटलाई पल्सरमा २२० एफमा लगाउने भएको छ ।

जसले मोटरसाइकललाई थप स्टाइलिस्ट बनाउन मद्दत पुर्याइने आशा लिइएको छ । यसमा लगाइएको प्यानलले यसलाई स्पोर्टी लूक दिनेछ भने, स्प्लीट सिट दिइने छ । यसको फ्रन्ट साइडमा कन्भेन्सनल फर्क र रियरमा ट्वाइन साइडेड ग्यास चार्ज स्प्रीङ्ग जडान गरिने कम्पनीले जनाएको छ । 

सुरक्षा

नयाँ सुरक्षा मापदन्ड अनुसार १२५ सीसी सेग्मेन्टमाथिका मोटरसाइकलमा अनिवार्य एबीएसको विशेषता समेट्नुपर्ने छ । कम्पनीले सुरक्षा नीतिलाई मध्यनजर गर्दै मोटसाइकलमा एबीएसको विशेषता दिने भएको हो । 

इन्जिन

२०१९ पल्सर–२२० एफमा २२० सीसी, सिङ्गल सिलिन्डर आयल कुल्ड इन्जिन लगाउने डाइरेक्टर बजाजले बताएका छन् । यसले २१ पीएस पावरकासाथै १९ एनएम–टर्क उत्पादन गर्छ । यसको इन्जिनमा फाइभ–स्पीड गियरबक्स लगाइने छ । 

मूल्य

मोटरसाइकलको इन्जिन, डिजाइन, विशेषतामा परिमार्जन गरिएसँगै यसको मूल्यसमेत परिवर्तन हुने छ । कम्पनीले यस मोटरसाइकलको मूल्य ९८ हजार ६ सय ९४ भारतीय रुपैयाँ निर्धारण गर्ने अनुमान लगाइएको छ । 


Back_to_top