नयाँ अवतारमा टीभीएस अपाचे RTR160 4V, लिक भयो तस्विर

टीभीएस अपाचे आरटीआर १६० ४ भीको नयाँ तस्वीर लिक भएको छ । सार्वजनिक भएको यो तस्विरमा अपाचे आरटीआर १६० ४ भी नयाँ रुपमा देखिएको छ । यसअघि कम्पनीले २०० ४ भी नयाँ अवतारमा ल्याउने बताएको थियो । यसै क्रममा १६० ४ भीको तस्विर सार्वजनिक भएको हो ।

उक्त तस्विरमा देखिए अनुसार अपाचे आरटीआर १६० ४ भी नयाँ लुक्समा आउने छ । यसको हेडल्याम्प नयाँ डिजाइनमा ल्याइएको छ । यसमा फुल एलइडी हेडल्याम्प लगाइएको छ भने एलइडी डिआरएल समेत नयाँ डिजाइनमा रहेको छ । 

रिर्पोटका अनुसार २०० ४ भी तथा १६० ४ भीमा इन्स्टुमेन्ट कन्सोल समेत नयाँ प्रयोग गरिएको छ । नयाँ कन्सोलमा ब्लुट्ूथ कनेक्टिभीटी तथा टर्न वाइ टर्न नेभिगेशनसमेत उपलब्ध हुनेछ ।  कम्पनीले ब्लुटूथ कनेक्टिभीटी यसअघि एनटर्क १२५ प्रदान गरिसकेको छ । साथै १६० ४ भीमा २०० ४ भीमा प्रयोग भएको नयाँ अलोय ह्वील रहने भएको छ । यो मोटरसाइकल भारतको नयाँ इमिशन स्टयान्डर्ड अनुसार निर्माण भएको छ ।

यो मोटरसाइकलमा १५९.७ सीसी सिगंल सिलिन्डर, आयल कूल्ड, ४ भल्भ इन्जिन रहेको यो । यो इन्जिनले ८ हजार आरपीएममा १६.८ पीस पावर तथा १४.८ एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकल कार्वुरेटर तथा एफआई दुवै भर्सनमा उपलब्ध रहने छ ।

नयाँ आरटीआर १६० ४भीमा मेकानिकल परिवर्तन नगरि कस्मेटीक परिर्वतन मात्रै गरिएको छ । यसमा डुअल टोन फिनिसिङ दिइएको छ । आर्कषक ग्रयावरेल, सिगंल पिस सिट, सिगंल पिस ह्यान्डलबार, एलइडी हेडल्याम्प जस्ता फिचर रहेको छ । यो बाइकको मूल्य हालको १६० ४ भीको तुलनामा १० हजार भारतीय रुपैयाँ महंगो हुने अनुमान गरिएको छ । 


Back_to_top