बजाजको चेतक स्कुटर पुनः बजारमा फर्कदै

बजाज अटोले आफ्नो कुनै समयको चर्चित स्कुटर चेतकलाई आधुनिक डिजाइन र नयाँ पावर अप्सनका साथ बजारमा ल्याउने तयारी भइरहेको बिभिन्न भारतीय मिडिया रिपोर्टले उल्लेख गरेका छन् । 

कम्पनीले स्कुटर ब्रान्ड चेतकको पुनः रजिस्टर गरेसँगै यो स्कुटरलाई कम्पनीले पुनः बजारमा ल्याउने तयारी गरेको अनुमान गरिएको हो । कुनै समय बजाज चेतक भारतीय बजारमा निकै लोकप्रिय रहेको थियो । 

यसपटक चेतक सायद इलेक्ट्रीक मोटरको साथ आउने छ । बजाज इलेक्ट्रीक डिभिजन ‘बजाज अर्वान’ अन्तर्गत दर्ता भएको उक्त स्कुटर कयौँ पटक परिक्षणको क्रममा देखिएको छ । 

बिभिन्न एजेन्सीको अनुमान सहि सावित भए कम्पनीले यही महिनाको अन्त्यसम्ममा नयाँ स्कुटर चेतक बजारमा ल्याउने छ । यद्यपी यस विषयमा कम्पनीले भने कुनै आधिकारीक धारणा अगाडि ल्याएको छैन ।

सन् २००६ पछि उत्पादन बन्द भएको चेतक पुरानोको झल्को दिनेगरि कहिलेबाट पुनः सडकमा गुड्ने छ भन्ने थाहापाउन भने अझै केही समय कुर्नु पर्नेछ । 


Back_to_top