काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले नेपाली बजारमा आधिकारीक वितरकको रुपमा बिक्री वितरण गर्दै आएको हुन्डाईका उत्पादन नेपाली बजारमा निकै चर्चित रहेका छन् ।
अहिले हुन्डाईले नेपाली बजारमा ११ मोडलका गाडी बिक्री वितरण गर्दै आएको छ । त्यसमध्ये दुई वटा इलेक्ट्रीक कार छन् भने बाँकी ९ वटा ग्यासोलिन कार हुन् । कम्पनीको सबैभन्दा चर्चित एसयूभी क्रेटा हो भने क्रस ओभर कार एक्टीभ आई २० को बिक्री अत्याधिक रहेको छ ।
कम्पनीले क्रेटाको दुबै इन्जिन पेट्रोल र डिजेल अप्सनमा ८ भेरियन्टको बिक्री वितरण गर्दै आएको छ । क्रेटाको सूरवाति भेरियन्टको मूल्य ४६ लाख ३६ हजार र टप भेरियन्टको मूल्य ६१ लाख ९६ हजार रुपयाँ रहेको छ ।
कम्पनीले आई २० एक्टीभको एउटा मात्रै भेरियन्ट बिक्री गर्दै आएको छ । नेपाली बजारमा बिक्री हुँदै आएको एस मोडलको मूल्य ३८ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
हुन्डाईका उत्पादन सेन्ट्रोको ५ भेरियन्ट नेपाली बजारमा उपलब्ध रहेको छ । जसमा सुरुवाति इरा भेरियन्टको मूल्य २२ लाख ९६ हजार रुपैयाँ रहेको छ भने टप भेरियन्ट आस्टाको मूल्य ३० लाख ५६ हजार रुपैयाँ रहेको छ ।
कम्पनीले ग्रान्ड आई १० लाई तीन भेरियन्टमा बिक्री वितरण गर्दै आएको छ । जसको सुरुवाति मूल्य २९ लाख ५६ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको चर्चित इलेक्ट्रीक कार कोना दुई व्याट्री प्याकमा उपलब्ध रहेको छ । यसमा रहेको ३९.२ किलोवाट क्षमताको कोनाको मूल्य ५५ लाख ९६ हजार र ६४ किलोवाट क्षमताको व्याट्री रहेको कोनाको मूल्य ६५ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको सबैभन्दा महंगो मोडल सान्ताफेको टप भेरियन्टको मूल्य १ करोड ५६ लाख रुपैयाँ रहेको छ । टुसानको सुरुवाति मूल्य भने ७४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
कम्पनीले केही दिनअघि मात्रै नेपाली बजारमा सार्वजनिक गरेको भेन्यूको १.२ लिटर इन्जिनमा इ भेरियन्टको मूल्य ३४ लाख ९६ हजार र एस भेरियन्टको मूल्य ३७ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै भेन्यू १.० लिटर टर्बो इन्जिनमा तिन भेरियन्ट उपलब्ध रहेको छ जसमा एस भेरियन्टको मूल्य ४१ लाख ९६ हजार, एसएक्स भेरियन्टको मूल्य ४८ लाख ९६ हजार र टप भेरियन्ट एसएक्स (ओ) को मूल्य ५३ लाख ५६ हजार रुपैयाँ तोकिएको छ ।
१.० अटोमेटिक पनि दुई अप्सनमा उपलब्ध रहेको छ । जसमा एस भेरियन्टको मूल्य ४६ लाख ९६ हजार र एसएक्सको मूल्य ५५ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
कम्पनीले १.४ लिटर डिजेल इन्जिनलाई दुई भेरियन्टमा उपलब्ध गराएको छ । जसमा एस भेरियन्टको मूल्य ४२ लाख ५६ हजार र एसएक्सको मूल्य ४८ लाख ५६ हजार रुपैयाँ तोकिएको छ ।
यस्तो छ अफर
लक्ष्मी इन्टरकन्टिनेन्टलले चाडपर्वलाई ध्यानमा राख्दै ‘हुन्डाई फेस्टिभ डिलाइट २०७६’ सार्वजनिक गरेको छ । कम्पनीले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै आकर्षक ग्राहक योजना ल्याएको हो । भदौ २ गतेदेखि सुरु भएको यो योजना आगामी कात्र्तिक १६ गतेसम्म चल्ने कम्पनीले जनाएको छ ।
कम्पनीको योजना अन्तर्गत ग्राहकले स्क्रयाच कार्डमार्फत १ लाख रुपैयाँसम्मको नगद छुट पाउने छन् । यस्तै, लक्की–ड्र मार्फत १० जोडीलाई ४ रात ५ दिनको दुबई भ्रमणको अवसर प्रदान गरिने कम्पनीलेजनाएको छ ।
बम्पर उपहार अन्तर्गत ग्राहकले लक्की–ड्र मार्फत हुन्डाई सेन्ट्रो र हुन्डाई भेन्यू कार एक–एक थान जित्न सक्ने छन् । यस्तै, नयाँ योजना अनुरुप ग्राहकले आकर्षक नगद छुट र एक वर्षको निःशुल्क बीमा सुविधा पाउने छन् ।
हुन्डाईको सबै गाडीमा ३ वर्ष वारेन्टी र ४ वर्ष निःशुल्क सर्भि्सिङका साथै निःशुल्क सवारी कर भुक्तानी सहितको सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।


